Powered by Blogger.
ढाल र तलबार देखाउँदै हिन्दुराष्ट्र मागियो

१८ साउन, काठमाडौं । हिन्दु राष्ट्र घोषणाको माग गर्दै खुमबहादुर खड्का लगायतको समूहले राजधानीमा शक्ति प्रदर्शन गरेको छ ।
हिन्दु राष्ट्र घोषणाको माग गर्दै आएका विभिन्न समूह तथा संगठनले सोमबार संयुक्तरुपमा प्रदर्शन गरेका हुन् ।
माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन संविधानसभा नजिक नयाँ बानेश्वरमा आएर टुङ्गएिको थियो । प्रदर्शनकारीहरुले हिन्दुको पहिचान झल्काउने ढाल र तलबारको प्रतीक बोकेका थिए ।
बानेश्वरमा प्रदर्शनकारीले निशेधित क्षेत्र तोड्दै तारबार हटाउन खोजेपछि केहीबेर धकेला धकेल भएको थियो ।
प्रदर्शनको अन्तिममा कांग्रेस नेता खुमबहादुर खड्काले नेताहरुलाई दबाव दिन प्रदर्शन गरेको बताए । उनले आफूहरुको माग सुरुवाइ नभए देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।(अनलाइन खबरबाट)


,

0 comments

Write Down Your Responses