Powered by Blogger.
सिन्धुलीका १० धार्मीक तथा पर्यटकीय स्थलहरु

  • सिन्धुलीगढी(बिजयकिल्ला)

सिन्धुलीगढी सिन्धुली जिल्लाको राजनितिक, ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थान हो । यस स्थानको अवस्थिति जिल्लामा करिव १०५ कि.मी.को तन्काइमा रहेको महाभारत पर्वतको झण्डै मध्यभागमा करीव ५९ कि.मि.को विन्दुमा रहेको छ । यो स्थान जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट निर्माणाधीन वि.पि.राजमार्गको निर्माण सम्पन्न खण्ड सिन्धुलीमाढी – खुर्काेटको करीव २० कि.मी.को दुरीमा रहेको छ । सिन्धुलीगढीले इतिहासको कालखण्डमा निकै कुख्यात घटनाको रुपमा परिचित डोयहरुको काठमाण्डौ आक्रमण अर्थात वि.सं. १३६७ देखि मात्र होइन राणाकाल तथा शाहकालीन समयसम्म राजनितिक, प्रशासनिक,सामरिक तथा ऐतिहासिक महत्व बोकेको छ
  • हरिहरपुरगढी 

सिन्धुली जिल्लाको सूदूर पश्चिम सीमानामा रहेको हरिहरपुरगढी गाउँ विकास समितिमा हरिहरपुरगढी पर्दछ । यो गढीको ऐतिहाँसिक महत्व धेरै ठूलो छ । १० औं शताब्दीदेखि नै सिमरौनगढ राज्य ( हालको वारा जिल्ला केन्द्र )कला, संस्कृति तथा अन्य भौतिक सम्पन्नताले निकै वैभवशाली भएको पाइन्छ । वि.सं. १३८१ मा सिम्रौनगढका राजा हरिसिंहदेव थिए । यी राजा ठाकुर वंशका थिए । यिनको समयमा ठकुरी सम्बत्को प्रचलन पनि ल्याएको पाइन्छ । वि.सं. १३८१ मा दिल्लीका मुसलमान गयासुद्दीन तुगलकले यस सिम्रौनगढ राज्यमा भीषण आक्रमण गरेर राज्य ध्वस्त वनाइदिए पछि राजा हरिसिंह देव आफ्नी रानी देवल देवी, राजकुमार र विद्वान मंत्री चण्डेश्वर (कतै कतै चन्द्रेश्वर पनि लेखिएको छ ) सहित उत्तरको पहाडी जंगलमा भागेर आफ्नो ज्यान वचाउन सके । राजा हरिसिंह देवले मंत्री चण्डेश्वरको सल्लाह वमोजिम त्यहीँ स्थानमा सानो किल्ला वनाई रहन थाले । पछि पछि सिम्रौनगढका विद्वानहरु, साधुहरु, कलाकारहरु, कालिगढहरु पनि हरिसिँह देव भएकै ठाउँमा रहन थाल्नाले हरिसिँहदेवले स्थापना गरेको त्यो सानो दुर्ग एउटा राज्यको रुप लिने अवस्थामा पनि पुगेको थियो । पछि त्यो किल्लालाई राजा हरिसिंह देवकै नामबाट
हरिहरपुर गढी भनेर चिनिन थाल्यो । हेमकर्ण सेनले हरिहरपुर गढीको घण्टे भन्ने स्थानमा वि.सं. १८०१ मा महादेव मन्दिरको स्थापना गरेका थिए । त्यहाँ उनले एउटा विशाल घण्ट पनि चढाएका थिए । त्यही घण्टको नामबाट त्यो स्थानको नाम घण्टे रहन गएको हो । २०१८ सालमा घण्टे भन्ने स्थानमा भएको घरका अवशेषहरुमा खनिखोस्री गर्दा त्यहाँ महादेवको मन्दिर भेटिएको थियो । महादेव मन्दिर सँगै एउटा सिलालेख पनि थियो । सिलालेख लेख्ने ब्यक्ति भनेर राजगुरु साहित्यकार गुणपति मैथुल लेखिएको थियो । त्यस सिलालेखमा श्री साके १६६६ संम्बत १८०१ उल्लेख गर्दै हेमकर्णेश्वर पनि भनिएको छ । (मकवानीवाला महाकाब्य )हेमकर्ण सेनले आफ्नो सिलालेखहरुको सिरानमा चन्द्र र सूर्य राख्ने प्रचलनलाई पछि पृथ्वी नारायण शाहले पनि अनुसरण गरे । पृथ्वीनारायण शाह पछिका जतिपनि शिलालेखहरु हुन्छ त्यहाँ प्राय चन्द्र र सूर्य नै सिरानमा राखिन्छ । यसै गरि हाम्रो राष्ट्रिय झण्डामा पनि मकवानी राज्यको चन्द्र र सूर्य नै अंकित हुन्छ । मकवानपुरका राजाहरुले आँफुलाई हिन्दुपतिराज चक्र चुणामणिको प्रसस्ती लेखिएको देखि पृथ्वीनारायण शाहले पनि गिरिराज चक्र चुणामणिको प्रसस्ति राखेका हुन । नेपाल एकिकरणको अभियानमा पृथ्वी नारायण शाहले सिन्धुली गढी सँग सँगै हरिहरपुर गढीमा पनि ३०० गोर्खा फौजलाई तैनाथ गरका थिए । हरिहरपुर गढीमा शाही शासनकालमा तत्कालिन नेपाली सेनाको सानो टुकडी तैनाथ गरेर राखेको थियो तर पछि यो टुकुडि अन्तै सारिएकोले यस ऐनिहासिक गढीको सुरक्षामा कमी आएको छ । हरिहरपुरगढीमा पुग्न यातायातको सुविधा नभएकोले ऐतिहासिक महत्व हुदाहुदै पनि यस स्थानको पर्यटकिय विकास भने अपेक्षाकृत रुपमा भएको भने छैन ।
भद्रकाली मन्दिर 
भद्रकाली मन्दिर सिन्धुली जिल्लाको भद्रकाली गाउँ विकास समितिमा पर्दछ । यो मन्दिर निर्माणधिन वि.पि.राजमार्गको निर्माण सम्पन्न खण्डमा पर्ने भएकोले जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट यो मन्दिरसम्म पुग्न पर्याप्त बससेवाहरु उपलब्ध छ । यो मन्दिरलाई गोरखालीकी भगवति मनकामनाको वहिनी भनेर पनि विभिन्न लेखहरुमा पाइन्छ । यस मन्दिरको स्थापन शाह वंशीय राजा पृथ्वी नारायण शाह स्वयंले गरेको भन्ने लेखहरुमा पाइन्छ । पृथ्वी नारायण शाह गोर्खालीकी भगवति मनकामनाको भक्त भएकाले उनले अंग्रेजसँगको लडाईमा विजय प्राप्त होस् भनेर ढुंग्रेवासमा मनकामनाकी दिदि प्रतिक मानेर भद्रकालकिो मन्दिर आँफैले स्थापना गरेका थिए । यस सम्बन्धमा अगस्त १२, २००१ को काठमाण्डु पोष्टमा भद्रकाली मन्दिरको स्थापनाको सन्दर्भमा यसरी लेखिएको छ– ..........................After two days walk, they (King Prithivi and his entourage) arrived on the top of the hill from where they could pay homage to the hermitage of sage Siddha and overlook the plain vally of Sindhuli and thick and dark forest of long stretched Madhes. King Prithivi erected a mandir of Bhadrakali, a sister of his homeland deity Manakamana in this place. Bhadrakali Mandir is the first temple which the king made with his own hands.
यहाँ आएर मनले इच्छागरेको कुरा पूरा हुने जनश्रुती, सजिलै पुग्न सकिने गरी यातायातको सुविधा तथा यस मन्दिर रहेको स्थानबाट जिल्ला सदरमुकाम लगायत अन्य स्थानहरुको राम्रो दृश्यावलोकन गर्न सकिने भएकोले भद्रकाली मन्दिरमा दर्शनार्थिहरुको घुइँचो लाग्दछ साथै यस मन्दिरमा आउने भक्तजनहरुको संख्या दिनप्रतिदिन वढदै गएको छ ।
कमलामाई मन्दिर 

माइस्थान मन्दिर कमलामाई नगरपालिका बडा नं. ४ अन्तर्गत जिल्ला सदरमुकामबाट वहने गौमति खोला र कमला खोलाको संगम स्थलमा अवस्थित छ । यस मन्दिरसम्म पुग्न पूर्व पश्चिम राजमार्गको महोत्तरी जिल्ला अन्तर्गत वर्दिबासबाट विपि राजमार्गको ३० कि.मि.को दूरी तय गर्नु पर्दछ । यातायातको साधनको सहज उपलब्धता तथा ऐतिहाँसिक तथा धार्मिक प्रतिष्ठाको कारण यस मन्दिरमा आउने भक्तजनहरुको ठूलो घुँइचो हुन्छ ।
कमलामाई मन्दिरको उत्पति 
कमलामाई मन्दिरको उत्पतिको सम्बन्धमा थुप्रै कथा तथा जनश्रुतिहरु पाइन्छन तर पनि यसको उत्पतिको वास्तविक समय तथा प्रमाणिक कथनहरु भने अधुरै छन् । कमलामाई मन्दिरको धार्मिक प्रतिष्ठा ज्यादै उच्च छ । यस मन्दिरमा मकवानी राज्यका राजाहरु देखि इतिहासका विभिन्न समयमा देखिएका शासन प्रशासकहरुले चढाएको वस्तुहरुमा लेखिएको अक्षरहरुबाट थाहा हुन्छ । इतिहासका विभिन्न कालखण्डमा कमलामाइ मन्दिरको अस्तित्व रहेको यस मन्दिरमा चढाइएका सामानहरुमा कुँदिएका अक्षरहरुले प्रष्ट पार्दछ । वि.सं. १८८६ सालको माघ महिनामा चाँदीको मुकुट चढाउन तत्कालिन काजि भिमसेन थापा स्वयं कनिष्ट पत्नी भक्त कुमारी सहित आएको कुरा पनि उनले चढाएको चाँदीको मुकुटमा कँुदिएको छ । मुकुटमा
यसरी लेखिएको छ – स्वस्ती श्री जनरल भिमसेन थापा कस्य कनिष्ट पत्नी भक्त कुमारी देवीले कमलामाई ज्यू मा ५ प्रीती चाँदीको मुकुट सम्बत् १८८६ साल ७ मिति माघ बदी ३ रोज शुभम् । धेरै पहिलेदेखि विभिन्न राजाहरु, सेनाका उच्च पदस्थ ब्यक्तिहरुले यस मन्दिरमा चढाएका जिन्सी सामानहरुमा कुँदिएका अक्षरहरुका आधारमा तलका बुदाहरु उल्लेख गरिएको छ ।
ड्ड वि.सं. १५३० मा मकवानी राज्यका राजा राघव नरेन्द्र सेनले कमलामाई मन्दिरको जिर्णाेद्वार गरेका थिए भन्ने सन्दर्भ माहानन्द सापकोटाको कुशेश्वर माहादेव भन्ने लेखमा पाइन्छ । यसवाट पनि यस मन्दिरको उत्पति वि.सं १५३० भन्दा अगाडि नै भइसकेको प्रमाणित हुन्छ । 
ड्ड मकवानी राजा हरइन्द्र सेनको पालामा कमलामाई मन्दिरमा चाँदीका पानसहरु चढाइएका छन । एउटा पानसमा वि.सं १६९२ माघ वदी ३ रोज भनेर प्रष्टसँग अक्षरहरु कुँदिएको छ र यो पानस चढाउने ब्यक्ति श्रीदल दिप बहादुर पाण्डे लेखिएको छ । 
ड्ड कमलामाई मन्दिरमा वि.सं. १६९२ को माघ महिनामा श्रीदल दिपबहादुर पाण्डेले चाँदीको कमल चढाएका छन् । ३५० वर्ष भन्दा पनि अगाडि चढाइएको बखत कमलामाई मन्दिर मकवानी राज्य अन्तर्गत पर्दथ्यो । यो फुलको सन्दर्भमा मकवानी राजा शुभसेनले मकवानपुर राज्यलाई दुई भाग लगाउँदा कमलानदीको सिमाना लगाएर त्यस स्थानमा कमलामाईको प्रतिक स्वरुप कमलको फुल चढाएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।
कमलामाई मन्दिरमा दर्शन गर्न आउने समय 
कमलामाई मन्दिरमा प्राय सवै समयमा दर्शनार्थिहरुको भिड लाग्छ तर पनि माघ महिना भरी यहाँ पाठी वली दिने कार्य ब्यापक हुन्छ । माघे संक्रान्तीमा यहाँ ठूलो मेला लाग्दछ । यो मेला भर्न नेपाल तथा भारतका समेत तिर्थालुहरु यहाँ आउँछन् ।
कालिमाई मन्दिर सिन्धुलीमाढी 

सिन्धुलीमाढी सदरमुकाम कमलामाई नगरपालिका वडा नं. ४ मधुटार स्थित शक्तिकी प्रतिक श्री कालीमाईको मन्दिर पर्दछ । मन्दिर अगाडि पूर्वतर्फ धार्मिक संगमले भरिएको गौमती खोला र सिन्धुलीमाढी बजारको दृश्य देख्न सकिन्छ । पश्चिममा मधुटार गाउँ बस्ती र हरियाली डाँडाकाडाँले ढाकेको रमणीय दृश्य अवलोकन गर्न सकिन्छ । उत्तरमा लउदह र गौमतीको मिलन भएर दक्षिण तर्फ बहकिएर गईरहेको पनि देख्न सकिन्छ । कालीमाईलाई शक्तिको प्रतिकको रुपमा पुज्दै आएको पाईन्छ । कालीमाईको मन्दिरमा माघे संक्रान्तिको पर्वमा मेला लाग्ने गर्दछ । यहाँ हजारौं नरनारीहरु आ–आफ्नो मनोकांक्षा पूरा गर्नको लागि पूजा आराधना र बोका, परेवा, कुखुरा आदिको वली समेत चढाउँने परम्परा छ । पहिला राणाकालमा सिन्धुलीगढीबाट सेनाको टुकरी आएर पहिला कालीमाईलाई त्यसपछि कमलामाई सलामी दिने परम्परा रहेछ । ज्वलन्त उदाहरणमा सिन्धुलीगढीका तत्कालीन बडा हाकिम मिन्टु जङ्ग राणाले कालीलाई सलामी दिनु पर्दैन श्री कमलामाईलाई मात्र गएर सलामी दिए हुन्छ भनेर सेनालाई आदेश दिएर कमलामाईको मन्दिरतर्फ बड्न थालेपछि एक्कासी बडा हाकिम समेतका सेनाहरु थरथर काम्न थाले पछि ओहो ! वित्यास प¥यो । श्री
कालीमाईलाई सलामी नदिएर पो हो कि ? जाउँ फर्केर भनि कालीमाईको मन्दिरमा आईपुग्ना साथ बेहोस भएछ । तत्कालीन पूजारीले श्री कालीमाईको स्तुती पुकारा गरेपछि बडा हाकिम समेत होसमा आई सैनिकहरुले बिधिपूर्वक श्री कालीमाईलाई सलामी दिएर कमलामाईको मन्दिर तर्फ गएको भनाई पनि छ । अहिले पनि मेलामा आउँने भक्तजनहरुले पहिला कालीमाईलाई त्यसपछि श्री कमलामाईलाई पूजा आरधना गर्ने परम्परा छँदैछ । २०४४ सालको विजया दशमीको फूलपाती पर्वदेखि श्री कालीमाईलाई प्रहरीद्वारा सलामी दिई वली पूजा र फूलपाती भित्र्याउने चलन शुरुवात् भएको र सिन्धुलीमा पशुपतिप्रसाद गण मिति २०५९ भदौमा स्थापना भएपछि सैनिक र प्रहरीको संयूक्त टोलीबाट श्री कालीमाईलाई सलामी दिईनुको साथै वली पूजा र फूलपाती भित्र्याउँने चलन रही आएपछि सिन्धुलीवासीको शक्ति र प्रगतिको अनूभूति हुन थालेको पाइन्छ । श्री कालीमाईको कथन यस्तो छ– एकदिन गोर्खाका धामीको आङमा कालीमाई उत्पन्न भएर भन्नु भएछ, मलाई यहाँबाट पूर्व तर्फ लैजाऔं, मेरो एक बहिनी कमलामाई पूर्वमा छिन् । भन्नु भएपछि श्री कालीमाईलाई फूलले सजाईएको ढकीमा राखेर बाजा गाजाका साथ गाउँसार गर्दै गोर्खाबाट आउँदा हाल मन्दिर भएको ठाउँ गौमती र लउदह खोलाको मिलनकेन्द्र पवित्र धार्मिक (संगम) ले भरिएको घनाघोर जंगलले छाएको स्थलमा आईपुगेपछि बास प¥यो । बास बसेको ठाउँमा राती कालीमाई आकाशवाणी भएर म यही बस्छु तिमीहरु फिर्ता जाऔं ! भन्नुभएको सुनेपछि श्री कालीमाईको मुर्तिलाई सोही ठाउँ सखुवाको रुखको फेदमा स्थापना गरी पूजा आराधना गरेर डोलेहरु बाजागाजाका साथ फिर्ता गएको भनाईछ । सोही सिलारुपी कालीमाईलाई शक्तिको प्रतिकको रुपमा पुज्दै आएको पाइन्छ । सो स्थलमा घनाघोर जंगल जताततै जंगली जनवारहरुको जमघट हुन्थियो । वि.सं. ८४८ सालभन्दा अगाडि नै स्थापना र मन्दिर निर्माण गरिएको हुनुपर्दछ । सखुवाको फेदमा पछिसम्म ईटाको गारो र टिनको छानो भएको सानो मन्दिर र पुज्दै आएको पाइन्थियो । उक्त मन्दिर कसले कहिले निर्माण गरिएको अभिलेख थिएन । 
शिद्धबाबा मन्दिर, सिन्धुलीमाढी
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं. ९ अन्तर्गत समुद्री सतहबाट करिव ८५० मिटरको उचाइमा रहेको च्याउकोट डाँडामा शिद्घवावा मन्दिर अवस्थित छ । यो मन्दिरको स्थापनाको सन्दर्भमा खासै प्रमाणिक आधारहरु नभए पनि यहाँ भएको इट्टा तथा इनारको अवशेषहरुले यो स्थान पुरानो दुर्गको रुपमा रहेको स्पष्ट हुन्छ । यहाँ एउटा जिर्ण घण्टी छ जसमा वि.सं १८१२ मा चढाएको भनि प्रष्ट सँग लेखिएको छ । यो घण्टी तत्कालिन मकवानपुरका राजा हेमकर्ण सेनको पालामा चढाएको कुरा प्रष्ट छ । शिद्घवावा मन्दिरमा जान करिव २ घण्टाको उकालो उक्लनु पर्दछ । यो स्थानबाट सिन्धुलीमाढीको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । विशेष गरी बाबालाई शिद्घ पुरुषको रुपमा लिइए पनि भगवान शिवको पुजा आराधाना गर्ने अवसरमा यस मन्दिरमा भक्तजनहरुको घुइँचो लाग्दछ । सदरमुकामको शिर्ष विन्दुमा रहेको र यसको एकान्तपनको विशेषताले विभिन्न उमेरका केटा केटीहरु यस मन्दिरमा
पुगेर दिन विताउने गर्दछन् ।
पञ्चकन्या पोखरी 
सिन्धुली जिल्लाको महादेवस्थान गा.वि.स. वडा नं. ९ मा पञ्चकन्या पोखरी पर्दछ । यो पोखरी जिल्ला सदरमुकामबाट करिव २२ कि.मी.को दुरीमा मरिन खोलाको चुरे खण्डतर्फको भागमा अवस्थित छ । यस पोखरीको उत्पतिको सन्दर्भमा खासै प्रमाणित भएका तर्कहरु पाइदैन । तर पनि यस पोखरी सम्बन्धमा रमाइला जनश्रुतिहरु यस पोखरी वरपरका माझी समुदायबाट सुन्न सकिन्छ । यस पोखरीको पानीमा रुखका पातहरु पर्ना साथ चराले टिपेर लाने, पोखरी भित्र पसेको धार्मिक मानिस भोली पल्ट मात्र पानी मुनीबाट सकुसल निस्कने तथा परापूर्वकालमा खेतमा रोपाइँ गर्न आउने पाँचवटी सुन्दरी कन्याहरु रोपाई सकेपछि एकाएक हराउने र कसैले चियो गरेपछि सवै कन्याहरु सोही पोखरीमा अलप भएर गएका जस्ता कथनहरु सिन्धुलीको जनमानसमा ब्याप्त छ । पंचकन्या पोखरीको संरक्षण र सम्र्बधनको कार्य अपेक्षाकृत रुपमा हुन सकेको छैन । यही कारणले गर्दा पनि यो ऐतिहाँसिक तथा धार्मिक महत्वको ताल भत्केर विनासहुने अवस्थामा पुगेको छ ।
लंगुरेश्वर मधुगंगा बाबाधाम 
सिन्धुली जिल्लाको हत्पते गाउँ विकास समिति वडा नं. २ मा भारत तथा नेपालका भक्तजनहरुको अगाध आस्थाको प्रतिक लंगुरेश्वर–मधुगंगा, बाबाधाम रहेको छ । प्राकृतिक गुफा भित्र माहादेव, पार्वती, गणेश तथा कुमारका प्राकृतिक मुर्तिहरु भएको यस गुफामा भक्तजनहरुको असाधारण घुँइचो लाग्दछ । साधारणतया श्रावण महिनामा बोलबम भन्ने मन्त्रोच्चारणका साथ नेपालका मात्र नभई भारतका समेत तिर्थालुहरु यस पवित्र स्थानमा आई दर्शन गर्दछन् । यस वावाधामको विशेषता मनोकांक्षा पुराहुने हो । यहाँ भारतका धेरै तिर्थालुहरुले आफ्नो मनोकांक्षा पुरा भएकै कारणले गुफाको लागि विभिन्न भौतिक वस्तुहरु चढाएका छन् । यो मन्दिरको भौतिक पूर्वाधारको विकास तथा तिर्थालुहरुलाई सहज रुपमा वावाधामसम्म पु¥याउन मधुगंगा वावाधाम विकास गुरु योजना वनाउनको लागि पहल भइरहेको छ ।
सर्बशिद्धेश्वर महादेव गुफा
सिन्धुली जिल्लाको वालाजोर गाउँ विकास समिति वडा नं. ८ अन्तर्गत सिमले भन्ने स्थानमा अद्भुत प्राकृतिक गुफा रहेको छ जसलाई सर्वशिद्घेश्वर महादेव गुफा भनेर चिनिन्छ । यो विस्तार विस्तार चर्चाको शिखर चढदै गरेको गुफा भएकोले यहाँ आउने दर्शनार्थिहरुको पनि घुइँचो लाग्न थालेको छ । गुफा भित्रका देवी दवताका अभुतपुर्व आकारहरु, तलाउ तथा ठुलो आकारको संख देख्दा प्राकृतिक रुपमा कसरी यस्ता चिजहरुको निर्माण भयो भन्ने जो कोहीलाई पनि लाग्न सक्छ । सर्व शिद्घेश्वर माहादेव गुफा धार्मिक दृष्टिकोणबाट निकै महत्वपुर्ण त छँदैछ तर यो गुफा अध्ययन तथा अनुसंधानको पनि महत्वपूर्ण विषय हुन सक्छ ।स्थानीय वाशिन्दाहरुले यस गुफा भित्र सोलार वत्तिको प्रयोग गरेकोले भित्रका कलाकृतिहरु हेर्न कुनै गाह्रो नै हँुदैन । गुफामा हरितालिका तिज, ठूली एकादशी, वालाचतुर्दशी, विवाह पंचमी तथा शिवरात्रीका पर्वहरुमा मेला लाग्दछ ।
कुशेश्वर महादेव 

कुशेश्वर माहादेव सिन्धुली जिल्लाको कुशेश्वर दुम्जा गाउँ विकास समिति अन्तर्गत पर्दछ । यो माहादेव मन्दिरको स्थापनाको सन्दर्भमा पनि खासै आधिकारिक प्रमाणहरु प्राप्त छैनन । हिमवत खण्डमा समेत यस माहादेवको प्रसंग आएको र यसलाई आधिलिङ्ग माहादेव भनेर उल्लेख गरिएका प्रसंगहरु विभिन्न लेखहरुमा पाइन्छ जसले गर्दा यो मन्दिर पौराणिक कालदेखि नै अस्तित्वमा रहेको सहजै आकलन गर्न सकिन्छ । कुशेश्वर माहादेवको अवस्थिति अत्यन्त सुगम स्थानमा छ । सिन्धुलीमाढी वनेपा सडक खण्डको नेपालथोक भन्ने स्थानबाट करिव ३ कि.मि.को दूरीमा कोशी र रोशी नदीको संगम स्थलमा कुशेश्वर माहादेव मन्दिर छ । एक पटक तत्कालिन युवराजधिराज पृथ्वि विरविक्रम शाहलाई न्युमोनीया रोग लागेर अन्यत्र कहिपनि उपचार गर्दा ठिक नभए पछि यूवराजधिराजलाई धाइआमासाथ कुशेश्वरमाहादेव दर्शन गर्न लगाइए पछि युवराजधिराजको न्यूमोनिया रोग निको भएको सन्दर्भ पनि छ । यस मन्दिरमा धेरै पटक अखण्ड माहायज्ञहरु सम्पन्न भै सकेका छन् । मन्दिरमा भक्तजनहरुको आवत जावत क्रम भइरहे पनि विशेष गरि सोमवार, वालाचतुर्दशी तथा महाशिवरात्रीको दिन यस मन्दिरमा ठूलो मेला लाग्दछ ।
भद्रकाली गणेशस्थान
सिन्धुली जिल्लाको भद्रकाली गाउँ विकास समिति वडा नं. ८ मा गणेश स्थान पर्दछ । यस मन्दिर पनि भक्तजनहरुको आस्था तान्न सफल हुँदै गएको मन्दिर हो । यस मन्दिरमा मंगलवारको दिन भक्तजनहरुको घुइँचोलाग्दछ । मन्दिरमा आफुले चिताएका कुरा सम्झेपछि पुराहुने जन विश्वास भएकाले प्रचार प्रसार भए पछि पनि यसको महत्व दिनानु दिन वढ्दै गएको हो । 
सर्पेढुंगा 
सिन्धुली जिल्ला सिर्थाैली गाउँ विकास समिति वडा नं. ८ अन्तर्गत ठाकुर खोलाको किनारमा सर्पेढुङ्गा रहेको छ । भिमसेन र नागहरु विचको यूद्घ सँग सम्बन्धित यो स्थानमा प्रत्येक नाग पन्चमीको दिन भक्तजनहरु आई नागदेवताको पूजाआराधाना गर्दछन् ।
श्रोत सामाग्री
१. जिल्ला जनसंख्या पाश्र्वचित्र २०७१, जिल्ला विकास समिति, सिन्धुली 
२. सिन्धुलीको धार्मीक पर्यटकीय तथा ऐतिहासीक झलक 


, ,

0 comments

Write Down Your Responses