यो जाली र धोकेबाजहरूकै देश हो त ?
- देवप्रकाश त्रिपाठी
छैटौं शताब्दीको आखिरीतिर यात्राका क्रममा भारतमा रहेका विश्वप्रसिद्ध चिनियाँ यात्री ह्वेन साङले अर्का तीर्थयात्री वाङ ह्वेन सेका लेख र सूचनाका आधारमा नेपालका बासिन्दाबारे लेखेका विवरण घतलाग्दा तर निराशाजनक छन् । सन् १८९८ तिर नेपाल आएर यहाँको अध्ययन गर्ने फ्रान्सेली विद्वान् सिल्भा लेभीले ह्वेन सेका लेखहरूको वर्णन भन्दै ‘नेपाल हिन्दू अधिराज्यको इतिहास’ नामक आफ्नो पुस्तकमा लेखेका छन्– ‘यहाँका मानिसको चालचलनको हकमा चाहिँ यिनीहरू फटाहा र धोकेबाज हुन्छन् । यिनीहरू विश्वास र न्याय भन्ने कुरालाई वास्तै गर्दैनन् ।’ ह्वेन सेले यस्तो लेखेको करिब बाह्र सय वर्षपछि एउटा सन्दर्भमा ह्यामिल्टनले लेखेका छन्– ‘नेपाली व्यापारीहरूको नियत बेइमानीपूर्ण भएको, नेपालीहरूको बोलीमा विश्वास गर्न नसकिने इत्यादि भएको कारणले नेपालको तिब्बतसितको व्यापारमा ह्रास आएको थियो ।’
छैटौ“ शताब्दीतिर ह्वेन साङ वा ह्वेन सेले नेपालीलाई जस्तो देखेका थिए त्यसको बाह्र सय वर्षपछि ह्यामिल्टनले पनि त्यस्तै पाए नेपालीलाई र अहिले एक्काइसौ“ शताब्दीमा पनि ती पुराना नेपालीको चारित्रिक प्रतिनिधित्व गर्नेहरू पर्याप्त मात्रामा भेटिन्छन् । खासगरी राजनीतिकर्मी तथा अन्य कतिपय व्यवसायीका प्रवृत्ति र व्यवहार ह्वेन सेले भेटेका नेपालीहरूको भन्दा भिन्न छदैँछैन भन्न सकिन्छ । जालझेल, विश्वासघात, धोखाधडी, षड्यन्त्र र फट्याइँ हामी नेपालीको जिनमै विकसित भइसकेकोले हुनसक्छ– यहाँ जालीझेलीहरूजति सजिलै हर्ताकर्ता बन्न सक्छन्, इमानदार तथा योग्यहरू त्यत्तिकै बिलाएर जाने गरेका छन् । योग्य या इमानदारहरू आफ्नो योग्यता, क्षमता र इमानदारीमाथि यति गौरव गर्छन् कि यिनै गुणहरूलाई स्थायी मित्र बनाएर पूरा जीवन गुजार्न तयार भइदिन्छन् । एक न एक दिन मेरो योग्यता, क्षमता र इमानदारीको पहिचान हुनेछ भन्ने विश्वासमा यी मानिसहरू आफ्नै घरको आ“गन छोडेर बाहिर निस्कदैंनन् । बेइमानहरूको देशमा इमानदारहरूको खोजी हुँदैहुँदैन भन्ने बुझ्न उनीहरू सक्दैनन् र पछाडि पर्छन्, पारिएका छन् ।
काजी भीम मल्ल, भीमसेन थापा, बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहदेखि रूपचन्द्र विष्टसम्मले अपमानित र उपेक्षित हुँदै देहत्याग गर्नुपरेको यस देशमा अझै पनि अयोग्य र बेइमानहरूकै पूजा हुँदै छ भन्न हिचकिचाउनुपर्ने अवस्था छैन । प्रचण्ड, बाबुराम भट्टराई, माधव नेपाल, सुजाता कोइराला र विजय गच्छदारदेखि ऋषि धमलासम्मलाई फलिफाप भइआएको यो मुलुकमा इमानदारी, सत्य, निष्ठा, धर्म र राष्ट्रकेन्द्रित सोच–व्यवहारले प्रोत्साहन पाएको सङ्केत मिलिरहेको छैन । योग्य, इमानदार र देशहितकेन्द्रित सोचबाट टाढिएकाहरूको मान, प्रतिष्ठा र धन वृद्धि हु“दै जा“दा इमानदार तथा योग्यहरूले उपेक्षित तथा अपमानित महसुस गर्दा रहेछन् । त्यसैले यहा“ देशभक्त र इमानदारहरू स्वदेशमै अपमानको पीडा पिएर जिउन या मातृभूमि परित्याग गरेर पराया भूमि रोज्न विवश छन् ।
माथिल्लो ओहोदामा पुग्नेहरू सबै अयोग्य र बेइमान छैनन्, तर जो जहा“ पुगेका छन् त्यसभन्दा माथि जान या माथि नै भए त्यसमा अडिन बेइमानीको साथ लिनुपर्ने बाध्यात्मक अवस्था नेपालमा छ । धन बोल्न थालेपछि सत्य, निष्ठा र इमानको स्थान हरण हुन्छ भन्ने दृष्टान्त खोज्न नेपालबाट बाहिर जानुपर्दैन । नगदका आधारमा सभासद्, मन्त्री, जीएम, राजदूत, संवैधानिक निकायका पदाधिकारी, सुरक्षा निकायका उच्चपदस्थ व्यक्ति र न्यायाधीशहरूको चयन हुने मुलुकमा सत्य र इमानको खोजी गर्नु एउटा दुरुह कार्य हो । जहा“ धनले काम गर्दैन त्यहा“ षड्यन्त्र, धोखाधडी, जालसाजी र चाकडी–चाप्लुसीको प्राधान्य निर्णायक तहमा रहेको हुन्छ । आफ्नो योग्यता र इमानदारीमाथि भरोसा राखेर घर बस्नेहरू बसेका बसेकै हुन्छन्, इमान, जमान र योग्यतालाई घरको कुनै खोपामा थन्क्याएर अघि बढ्न खोज्नेहरू बढेका बढेकै छन् ।
काजी भीम मल्ल, भीमसेन थापा, बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहदेखि रूपचन्द्र विष्टसम्मले अपमानित र उपेक्षित हुँदै देहत्याग गर्नुपरेको यस देशमा अझै पनि अयोग्य र बेइमानहरूकै पूजा हुँदै छ भन्न हिचकिचाउनुपर्ने अवस्था छैन ।
योग्य र इमानदार बन्न बा“की मानिस राजनीति र कर्मचारीतन्त्रको उच्च तहमा भारी भइदि“दा सिङ्गै मुलुकबाट इमानदार तथा योग्य मानिस बाहिरिने या बढारिने खतरा बढेको छ । खासगरी राजनीतिमा प्रकट अविश्वसनीय एवम् अशोभनीय व्यवहारले इमानदार र योग्यहरू निरुत्साहित हुने स्थिति बनाएको छ । सेमुएल पी हन्टिङ्गटनले ‘थर्ड वेभ’ नामक आफ्नो पुस्तकमा ‘………. विरोधीभन्दा सुधारवादी शक्तिशाली भएमा, विपक्षभन्दा सरकार शक्तिशाली भएमा र अतिवादीभन्दा नरमपन्थी शक्तिशाली भएमा मात्र परितर्वन हुने’ बताएका छन् । परिवर्तनका लागि सत्य, निष्ठा, इमान र योग्यताको सर्वाधिक महŒवपूर्ण भूमिका रहने यथार्थलाई भने उनले आफ्नो पुस्तकमा विश्लेषण गर्न खोजेका छैनन् । सेमुएलले भनेझै“ विरोधी, विपक्षी र अतिवादीहरू शक्तिशाली भएकोले नेपालको सकारात्मक परिवर्तन हुन नसकेको त हु“दै हो, बेइम्ाँनी र धोखाधडीको परम्परालाई कायम राखिएकोले पनि नेपालीले चाहेको आर्थिक एवम् राजनीतिक परिवर्तन सकारात्मक दिशातर्फ उन्मुख हुन नसकेको यथार्थबोध हामी सबैमा हुन जरुरी छ ।
सही, सत्य र सकारात्मक कुरा सुन्ने चाहना धेरै नेपालीहरू राख्दैनन्, कदाचित सुन्ने धैर्य गरेछन् भने तिनले विश्वास गर्दैनन् र विश्वास गरिहालेछन् भने अन्य व्यक्तिमा तथ्य सञ्चार गराउ“दैनन् । भीम मल्ल या भीमसेन थापाका विषयमा यहा“ चर्चा नगरौ“, सुशील कोइरालाकै बारेमा कुरा गर्दा उनी ‘इमानदार, भ्रष्टाचारविरोधी र नैतिकवान’ भएको नक्कल्ली कुरा सबैलाई प्रिय लाग्छ, तर सुशील कोइराला भोगी र ढोंगी भएको पुष्टि उनको विगतदेखि वर्तमानसम्मको व्यवहारले गरेको सत्य–तथ्य बुझ्ने रुचि राखि“दैन । जंगबहादुर राणाले इतिहासमा नेपाललाई कति महान् योगदान पु¥याएका थिए त्यसलाई आत्मसात् गर्न नेपालीले अझै चाहेका छैनन्, केवल सत्ताका लागि भए–गरेका सङ्घर्ष, षड्यन्त्र र धोखाधडीका ‘नायक’हरूलाई महानतम् व्यक्तित्व ठान्न भने नेपालीहरूले कञ्जुस्याइ“ गरिरहेका छैनन् ।
राजदरबार हत्याकाण्ड दीपेन्द्रबाट भएको थियो भनियो भने त्यसो भन्नेमाथि नै जाइलाग्नु हामी नेपालीको स्वभाव–चरित्र हो । सूचना, तर्क र तथ्यहरूका आधारमा सत्य पत्ता लगाउनुभन्दा आफ्नो मनमा लागेका कुरालाई सत्य ठान्दै तथ्य बुझ्नेतिर मन र समय नलगाउनु पनि हामी नेपालीकै विशेषताभित्र पर्दछ । इतिहासदेखि वर्तमानसम्म राजनीति र प्रशासनमा धोखाधडी, जालसाजी र बेइमानी मात्र देखेका हामीले देखिएका या देखिने सत्यमा भन्दा नदेखिएका या नदेखिने रहस्यमाथि भरोसा राख्नु स्वाभाविक पनि होला । तर, बेइमानी, जालसाजी, धोखाधडीमाथि भरोसा राख्ने हाम्रा प्रवृत्ति र संस्कार कायम रहेसम्म हाम्रो सभ्यता र समृद्धितर्फको यात्रा आरम्भ हुन मुस्किल छ । तर, चिन्ता एउटै छ– तीर्थयात्री वाङ ह्वेन सेले करिब चौध सय वर्ष अगाडि देखेर लेखेझै“ हामीले ‘धोकेबाज, फटाहा तथा विश्वास र न्यायको वास्ता नगर्ने’ छविबाट आफूहरूलाई कहिलेसम्ममा मुक्त गर्न सकौ“ला ? कि अर्को चौध सय वर्ष पनि हामीले यस्तै नियति भोगिरहनुपर्ला ?(राताेपाटीबाट)
0 comments
Write Down Your Responses