Powered by Blogger.
नयाँ एसपी आएपछि तस्कर र प्रहरीमै खैलाबैला

कारबाहीमा पर्ने प्रहरी जवानदेखि अधिकृतसम्मलाई डर

रौतहट , साउन २१–जिल्ला प्रहरी कार्यालय रौतहटमा नयाँ प्रमुखको रुपमा एसपी प्रद्युम्न कार्कीको आगमनसंगै जिल्लामा तस्कर र प्रहरीमाझ नै खैलाबैला मच्चिएको छ ।
१२ मासे तस्करहरु रोजीरोटीको लागी विकल्प खोजिरहेका छन् भने कारवाहीको डरले प्रहरी जवानदेखी अधिकृत सम्मकाहरु आफ्नो आचरणको सुधारमा लागेका छन् । कर्तब्यनिष्ट र ईमान्दार अफिसरको रुपमा चिनाउन जनताको जिउ ,धनको सुरक्षार्थ अहोरात्र खटीरहने एसपी कार्कीले यसअघि चितवन र मोरंग जिल्लामा रहँदा खराब आचरण भएका प्रहरी जवानदेखी अधिकृतसम्मका गरी एकसय भन्दा बढीलाइ कारवाही गरेका थिए । यस्तै कार्य यहाँ पनि दोहोरिने देखेपछि जिल्ला प्रहरी कार्यालय गौरदेखी जिल्लाका कुल ४८ वटै प्रहरी कार्यालयमा कार्यरत प्रहरी पुर्ण प्रोफेसनल भइसकेका छन् । आचरणविपरित दैनिक मदिरा सेवनगर्ने जवानदेखी अधिकृतहरुले मदिरापान त्याग गरिसकेको बताइएको छ । त्यतिमात्र न भइ कार्यालय समयमा पान,चुरोट,गुटखा र सुर्ती समेत बन्द गरीसकेको देखिएको छ । यस्तै प्रहरीसंग संबन्धित कामकाज गराउन हुने गरेको रकमी चलखेल पुर्णरुपले बन्द भएको छ । प्रहरीको नाउमा सर्वसाधारण संग पैसा असुली गर्ने दलालहरु सचेत भइसकेका छन् । लामो समय देखी जिल्ला सदरमुकाम गौरबाट हुनेगरेको पोके तस्करी प्राय.ं बन्द भएको छ । सानो सानो परीणाममा घर प्रयोजनको नाउमा भन्सार छलेर ल्याइने बिभिन्न भारतिय सामानहरु कार्कीको निर्देशनमा प्रहरीले पक्राउ गरी भन्सार बुझाउन थालेपछी साना तस्करहरु समेत निरुत्साहित भएका छन् । कार्कीले रातोपाटीसँग कुरागर्दै सबभन्दा पहिले एसपी सुध्रेमा तल्ला प्रहरी आफै्र सुध्रिने बताउँदै भने, ‘ प्रहरीका अफिसरदेखी जवानसम्म सुध्रिएमा तस्कर,अपराधि निरुत्शाहित हुने मात्र नभई समाज सुध्रनै कर लाग्छ ।’ कानुन भन्दा माथी कोही पनि नहुने र ‘रुल अफ ल’ हुनुपर्नेमा जोड दिँदै उनले अपराधीलाइ कारबाही गर्न कहिल्यै कन्जुस्याइ नहुने पनि प्रतवद्धता जनाएका छन् । २०४९ सालमा प्रहरी निरिक्षकबाट सेवामा गरेका कार्कीले गत १५ गते रौतहटमा आएदेखि खराब आचरणका दुईजना प्रहरीलाई निलम्बन गरीसकेका छन् । जिल्लालाई तस्करी र अपराध मुक्त बनाउन आफुले पुर्ण प्रयास गर्ने बताउदै उनले जिल्लामा कतै कुनै प्रकारको संकास्पद गतीबिधी देखिएमा अबिलम्ब खबर गर्न सबैसँग अनुरोध अनुरोध गरेका छन ।(राताेपाटीबाट)


,

0 comments

Write Down Your Responses