Powered by Blogger.
सिंदुर पोते लगाएर हिँड्न महिला पत्रकारलाई सुझाव !

पहिरनमा समेत ख्याल गर्नुपर्ने
२२ साउन, काठमाडौं । महिलाहरुले लैंगिक हिंसाबाट जोगिन के गर्नुपर्ला ? यसबारे समाजमा बहस भइरहेकै बेला महिला पत्रकारका लागि तयार पारिएको ‘महिला पत्रकारको सुरक्षा निर्देशिका’मा सिंदुर पोतेलगायतको सिंगारमा ध्यान दिन भनिएको छ ।
सञ्चारकर्मी बद्री पौड्याल, भुवन केसी र हरिकला अधिकारीले तयार पारेको यस्तो सुरक्षा निर्देशिकामाथि शुक्रबार सञ्चारिका समूहले ललितपुरमा छलफल चलाउँदैछ ।

प्रस्तावित निर्देशिकामा ‘महिला पत्रकारका सुरक्षाका उपायहरु’ अन्तरगत यौनहिंसाको सम्भावित जोखिमबाट बच्न सजग रहने केही उपाय सुझाइएका छन् । पुरुषसमेत मिलेर तयार पारेको निर्देशिकामा महिला पत्रकारले आफ्नो पहिरनमा विचार पुर्‍याउनुपर्ने भनिएको छ ।
सम्भावित यौन हिंसाबाट बच्न महिला पत्रकारले बिबाह भएको जनाऊ दिने श्रृंगारमा ध्यान दिनुपर्नेसमेत निर्देशिकामा उल्लेख छ । विवाह भएको जनाऊ दिने श्रंगार भनेको सिंदुर, पोते, आदि हुन् ।
सामाजिक क्षेत्रमा लागेका महिलाहरुले सिंदुर पोते लगाउने प्रचलन घट्दै गएका बेला महिला पत्रकारका लागि यस्तो निर्देशिका तयार पारिएको हो ।
सिंदुर पोते हिन्दु महिलाले मात्रै प्रयोग गर्ने भएकाले अन्य सम्प्रदायका महिला पत्रकारले यस्तो श्रृंगार गर्ने प्रचलन छैन ।
महिला पत्रकारले गोप्य कोठामा पुरुष सहकर्मी र स्रोतहरुसँग सकेसम्म लामो समय नबस्न भनिएको छ । स्रोत र सहकर्मीसँग एक्लै बसेर मध्यपान नगर्न महिला पत्रकारलाई निर्देश गरिएको छ ।
नेपालमा र विश्वमा पनि महिला पत्रकारहरुले सुरक्षासम्बन्धी चुनौतीहरु व्यहोर्नु परेको भन्दै त्यसबाट बच्ने उपायबारे सञ्चारिका समूहले महिला पत्रकारका लागि निर्देशिका तयार पारेको हो ।
निर्देशिकामा महिला पत्रकारलाई सुरिक्षत कार्यस्थलको व्यवस्था गर्नुपर्ने, काम सकेर घर र्फकंदा सवारी साधन नभए ट्याक्सी भाडाको व्यवस्था गर्नुपर्ने एवं कार्यस्थलमा यौनजन्य हिंसाबाट बच्ने उपायहरु अवलम्बन गरिनुपर्ने विभिन्न उपायहरु सुझाइएको छ ।
सञ्चारगृहमा महिलाको समानुपातिक सहभागिता, जिम्मेवारी र तलव सुविधामा समान व्यवहार एवं महिलामैत्री सञ्चार क्षेत्रको आवश्यकता औंल्याइको छ ।(अनलाइन खबरबाट)


,

0 comments

Write Down Your Responses