१४२ डीएसपीको सरूवामा सिन्धुलीका डीएसपी पनी
सिन्धुली २३, श्रावण । प्रहरी मुख्यालयले शुक्रबार तीन एसपीको पदस्थापना र एक सय ४२ जना नायव उपरिक्षक (डिएसपी) हरुको सरुवा गरेको छ । यसरी पदस्थापन गरिने एसपीमा दीपक थापा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेत, अर्जुन चन्द ठकुरी अख्तियार क्षेत्रीय कार्यालय हेटौडा र पवन गीरि महनगरीय सशस्त्र प्रहरी गण महराजगज रहेका छन ।

त्यस्तै मुख्यालयले गरेकाे डीएसपी सरूवामा सिन्धुलीका डीएसपी श्यामकुमार महताेकाे पनी सरूवा भएकाे छ । महताे सिन्धुलीबाट सरूवा भएर प्रहरी प्रधान कार्यालय निरीक्षण तथा उजुरी छानबिन शाखामा पुगेका छन ।
सिन्धुलीमा अञ्चल प्रहरी कार्यालय नारायणीबाट सरूवा भएर डीएसपी अनुराग कुमार दिबेदी अाएका छन ।
सरूवाकाे बिस्तृत जानकारी लिन http://nepalpolice.gov.np/ क्लीक गरी हेर्न सक्नु हुनेछ ।
0 comments
Write Down Your Responses