Powered by Blogger.
नव निर्मित विद्यालय भवन उदघाटन

सिन्धुली, २६ भाद्र । झागाँझोली रातमाटा–१ स्थित जनज्योति प्राथामिक विद्यालयको नवनिर्मित विद्यालय भवनको शुक्रबार औपाचारिक रुपमा उदघाटन गरिएको छ । कुल २४ लाख ४१ हजार ३२ रुपैयाँ लागतमा निर्माण गरिएको ६ कोठे पक्की विद्यालय भवनको जिल्ला शिक्षा अधिकारी यम बहादुर खड्काले औपचारिक रुपमा उदघाटन गरेका हुन । 
मनतव्य राख्दै जिशिअ यम बहादुर खड्का 
नवनिर्मित विद्यालय भवनको उदघाटन गर्दै जिल्ला शिक्षा अधिकारी खड्काले व्यस्थित भौतिक संरचनाको निर्माणसँगै शिक्षालाई पनि गुणस्तरिय बनाउन आग्रह गरे । 
भौतिक पुर्वाधार पनि गुणस्तरिय शिक्षाका लागी महत्वपूर्ण पक्ष भएकाले उत्साहका साथ नयाँ भवन निर्माण गर्ने विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनलाई धन्यवाद दिए । 
वीपी राजमार्गको निर्माणसँगै पुरानो विद्यालय भवन प्रयोग गर्न नसक्ने अवस्थामा पुगेपछि नयाँ स्थानमा विद्यालय भवन निर्माण गरिएको थियो । 
उदघाटन समाराेहमा सहभागी अतिथी तथा अभिभावकहरू 
भवन निर्माणमा वीपी राजमार्ग सडक आयोजनाबाट मुआब्जा र क्षतिपूर्ति बापत प्राप्त १५ लाख ७७ हजार ७७६, प्लान नेपालबाट रङ्गरोगन लगायतका कार्यका लागी प्राप्त ३ लाख २९ हजार २५६, सुनौला हजार दिन आयोजना अन्र्तगत प्राप्त २ लाख ८४ हजार र जिल्ला शिक्षा कार्यालयबाट छात्रा शौचालय निर्माणको लागी प्राप्त २ लाख ५० हजार रुपैयाँ खर्च गरिएको छ । 
भाैतिक तथा शैक्षिक प्रगतिमा याेगदान पुर्याउने शिक्षक तथा अभिभावकहरू सम्मान पत्र सहित सामुहिक तस्वीर खिचाउँदै 
२०४१ सालमा स्थानपना भएको विद्यालयमा हाल बालविकास सहित ६९ जना विद्यार्थीहरु अध्यनरत रहेका छन । नयाँ विद्यालय भवन उदघाटनकै अवसरमा विद्यालयको भौतिक तथा शैक्षिक गतिविधीमा महत्वपूर्ण भुमीका निर्वाह गर्ने २० जना अभिभावनकहरुलाई सम्मान समेत गरिएको थियो । 
बिद्यालका प्रधानाध्यापक भुवन अाचार्य विद्यालय कार्यकक्षमा 
नवनिर्मित विद्यालय भवन


,

0 comments

Write Down Your Responses