Powered by Blogger.
परीवारबाटै हेपिनु परेको एकल महिलाहरुको गुनासो

सिन्धुली, २६ भाद्र । पत्रकार महिलाहरुको संस्था सञ्चारिका समुहले कान्तिपुर टेलिभिजन मार्फत प्रशारण हुने समकोण कार्यक्रमको रेकर्डका लागी आज सिन्धुलीमाढीमा आयोजना गरेको एकल महिलाहरूकाे अधिकारका सवालमा अायाेजना गरेकाे अन्तरक्रियात्मक कार्यक्रममा सहभागी जिल्लाका एकल महिलाहरुले घर र समाजबाट नै आफुहरु हेपिनु परेको गुनासो गरेका छन । 

सहभागी एकल महिलाहरुले एक्लो भएपछि घरबाट नै नराम्रो दृष्टिकोणले हेरिने गरेको र समाजले पनि हेप्ने गरेको गुनासो गरेका थिए । उनीहरुले घर समाजबाट हेपिदा र राज्यको एकल महिलाहरुलाई सम्मान गर्ने  प्रभावकारी निती नहुँदा आफुहरु सधै समस्यामा बाच्न विवश भएको बताएका थिए । 

अन्तरक्रियामा आफ्नो विचार र प्रश्न राख्ने अधिकाश एकल महिलाहरुले राज्यले एकल महिलाहरुलाई हरेक तह र तप्कामा उपेक्षा गरेको गुनासो गरेका थिए । 
महिला अधिकारकर्मी प्राध्यापक तथा एकम महिला समुहकी केन्द्रिय सल्लाहकार राधा शर्मा, नेपाल सरकारका केन्द्रिय पञ्जीकरण विभाग प्रमुख, एकल महिला जिल्ला अध्यक्ष मिना बानीया विशेष अतिथीको रुपमा सहभागी रहेका थिए । 

कार्यक्रममा जिल्ला स्थित राजनैतिक पार्टीका प्रमुख, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।  
सञ्चारिका समुहले सञ्चार क्षेत्रमार्फत निती निर्माण र त्यसको कार्यान्वयन प्रक्रियामा वकालत, पैरवी गर्ने उदेश्य सहित देशका विभिनन् क्षेत्रमा पुगेर टेलिभिजन कार्यक्रम समकोण सञ्चालन गर्दै आएको छ । आज रेकर्ड गरिएको कार्यक्रम आउँदो शुक्रबार साँझ ९ बजे देखी १० बजेसम्म कान्तिपुर टेलिभिजन मार्फत प्रसारण हुनेछ । 


, ,

0 comments

Write Down Your Responses