Powered by Blogger.
समुन्वय, चट्टानी अडान र बोल्ड डिसिजनबाट अाउने भयाे संविधान


काठमाडौं, २८ भदौ । प्रधानमन्त्री सुशील कोइरालाको समुन्वयकारी भूमिका, एमाले अध्यक्ष केपी ओलीको चट्टानी अडान र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बोल्ड निर्णयबाट ७ बर्ष लामो रस्साकस्सीपछि देशले नयाँ संविधान पाउने पक्का भएको छ । 
आफ्नै दलदेखि छिमेकी राष्ट्रको कडा अवरोधलाई पन्छ्याउँदै तीन दलका शिर्ष नेताले देशलाई नयाँ संविधान दिने लगभग निश्चित भएको छ ।
संविधानसभा संविधान निमार्णको अन्तिम समयमा आइपुगेको छ । सोमबार संविधानसभाका धाराहरुमा सभासद्हरुले मतदान गरेपछि केही असन्तुष्टीकाबीच भएपनि नयाँ संविधान आउने भएको छ । संविधानसभामा प्रतिनिधित्व गर्ने लगभग ८५ प्रतिसत सभासद्हरु संविधान निर्माणको प्रक्रियामा सहभागि छन् भने १५ प्रतिसत सभासद् बाहिर छन् । मधेशबादी दल संविधान निर्माणको प्रक्रियाबाट बाहिर भएपनि अन्य सवै दलहरु संविधान निर्माणको प्रक्रियामा सहभागि छन् ।
संविधान निर्माण प्रक्रियालाई रोक्न छिमेकी मुलुक भारतले निकै ठुलो कसरत गरेको थियो । भारतीय राजदुत रंजित रे नेताहरुको घर घर पुगेका थिए भने भारतीय कुटनीतिक नियोगका प्रभावशाली ब्यक्ति केवी राजन पाँच रअ प्रतिनिधीसहित नेपालमा डेरा जमाएर बसेका थिए । तर पनि तीन प्रमुख दलका नेताको सकसपूर्ण यात्रा र चौथो दल राप्रपा नेपालको सहयोगमा नयाँ संविधान बन्ने निश्चित भएको हो ।
संविधान निर्माणको अन्तिम प्रक्रियापछि मात्र पनि आन्दोलनका क्रममा ४० भन्दा बढि ब्यक्तिको मृत्यु भइसकेको छ । कतिपय जघन्य अपराध भएपनि दलका नेताहरुको कसरत यस पटक भने खेर गएन ।
प्रधानमन्त्री सुशील कोइराला आफ्नै पार्टीका मधेसी सभासद्को चर्काे दवावमा थिए भने एमाओवादी अध्यक्ष दाहाल वरिष्ठ नेता बाबुराम भट्टराईको दवावमा थिए । तर पनि पार्टी विभाजनसम्मको जोखिम मोलेर प्रचण्डले संविधान निर्माणको कामलाई सिध्याएका छन् । उता एमाले अध्यक्ष ओलीका पार्टी कमाण्डिङ पनि निकै कडारुपमा देखा परयो । एमालेका सवै सभासद्हरुलाई उनले एकै पटक ग्रिपमा लिएपछि संविधान निर्माणको काम सहज बनेको हाे ।


,

0 comments

Write Down Your Responses