Powered by Blogger.
नयाँ संविधान असोज ३ गते घोषणा हुने

काठमाडौं, २८ भदाै‌ । देशले असोज ३ गते नयाँ संविधान पाउने भएको छ । असोज ३ गते साँझ ५ बजे राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान जारी गर्नेछन् ।
अहिले संविधानसभा बैठकमा नयाँ संविधानको विधेयकमाथि मतदान चलिरहेको छ । यो प्रक्रिया केही दिन चल्ने छ ।
संविधानसभा सचिवालयले असोज ३ गते साँझ ५ बजे नयाँ संविधान जारी गर्ने कार्यतालिका बनाएको छ । संविधान जारी भएको घोषणाका लागि निम्तो लिएर संविधानसभा अध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिलाई भेट्न शीतल निवास जाँदैछन् ।
संविधानसभा सचिवालयका सह प्रवक्ता सुदर्शन कुइकेलका अनुसार अध्यक्ष नेम्वाङ र महासचिव मनोहरप्रसाद भट्टराई असोज ३ गते साँझ ५ बजे संविधानसभामा आउन निम्तो पत्र लिएर शीतल निवास जान लागेका हुन् ।
असोज ३ गते संविधानसभामा आयोजना हुने विशेष समारोहमा नयाँ संविधानमा सभाध्यक्ष नेम्वाङले प्रमाणीकरण गर्नेछन् । सबै सभासदले हस्ताक्षर गर्नेछन् भने राष्ट्रपतिले संविधान जारी भएको घोषणा गर्नेछन् ।


, ,

0 comments

Write Down Your Responses