Powered by Blogger.
बालदिवसको अवसरमा अन्तरक्रिया सम्पनन्

बालवालिकाहरुले भने, ‘कुरामा होइन ब्यवाहारमा हाम्रो अधिकार चाहियो’

बुद्धकुमार आछामी
सिन्धुली, २९ भाद्र । पुन निर्माण र संविधान, बाल अधिकारको संरक्षण हाम्रो अभियान भन्ने मुल नाराका साथ देशैभरी मनाईएको बालदिवस आज सिन्धुलीमाढीमा पनि बालवालिकाहरुसँग अन्तरक्रिया गरेर मनाइएको छ । बालदिवसको अवसरमा सिन्धुलीमाढीमा आयोजीत अन्तरक्रिया कार्यक्रममा बोल्दै वालवालिकाहरुले भाषणमा होइन व्यबाहारमा आफुहरुले अधिकार पाउनु पर्ने माग गरेका छन । 

वालवालिकाहरुले जिल्लामा बालवालिकाहरुको क्षेत्रमा खर्च गर्न आएको बजेट र त्यसको खर्च विवरण आफुहरुलाई सार्वजनिक गरिनुपर्ने कुरामा जोड दिए । विद्यार्थीहरुले सरकारी र गैरसरकारी संस्थाले बालवालिकाको क्षेत्रमा थुप्रै रकम खर्च गर्ने गरेको भएपनि त्यो रकम कति र कसरी खर्च हुन्छ भन्ने जानकारी नहुने भन्दै बालवालिकाहरुलाई जानकारी गराउन सरोकारवाल पक्षसँग माग गरेका थिए । 
बालदिवसको अवसरमा जिल्ला बालकल्याण समितिको आयोजना र आधा दर्जन बढी बालवालिकाको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरुको सहकार्यमा आयोजित अन्तरक्रिया कार्यक्रममा बालबालिकाहरुका कुरा कसैले नसुन्ने गरेको भन्दै हाम्रा कुरा कस्लाई सुनाउने भन्ने जिज्ञासा पनि बालवालिकाहरुले राखेका थिए । बालश्रमिकहरुलाई पढ्न र लेखनका लागी समस्या भएको पनि बालवालिकाहरुको गुनासो थियो । 
बालवालिकाहरुले समाजमा दिनदिनै बालिका बलात्कार र निकृष्ट खालका वालश्रम बढ्दै गएको भएपनि राज्यसँग प्रभावकारी निती नहुँदा त्यसको नियन्त्रण र नियमन हुन नसकेको गुनासो गरे । 
जिल्लामा २०६८ सालको जनगणना अनुसार बालवालिकाहरुको संख्या ३४ हजार ४ सयँ २ रहेको छ । सरकारले नै वालवालिकाको क्षेत्रलाई विशेष ध्यान दिदै जिल्ला विकास समति, नगरपालिका र गाउँ विकास समतिको बजेटको १० प्रतिशत बालवालिकाहरुको क्षेत्रमा खर्च गर्नुपर्ने नियम बनाए पनि त्यो प्रभावकारी ढंगले कार्यान्वयन हुन सकेको अवस्था छैन । जिल्लाका विभिनन् अन्तराष्ट्रिय गैर सरकारी संस्था र गैर सरकारी संस्थाहरुले बालवालिकाहरुको क्षेत्रमा लाखौं रकम खर्च गरेको भएपनि त्यसको प्रभावकारीता असाध्यै न्युन रहेको सरोकारवालाहरु बताउछन । 
जिल्ला विकास समिति सिन्धुलीले सञ्चालन गरेको बालमैत्री स्थानीय निकाय घोषणा कार्यक्रम र महिला तथा वालवालिका कार्यालयले सञ्चालन गरेका गतिविधी पनि पारदर्शी र प्रभावकारी हुन सकेको अवस्था देखिदैन । 
जिल्लामा रहेका बालवालिकाहरुको समग्र विकासको लागी रणनैतिक योजना अहिले सम्म पनि तयार हुन सकेको अवस्था छैन । त्यस्ले गर्दा पनि जिल्लामा बालवालिकाहरुको क्षेत्रमा खर्च भएको रकमको प्रभावकारीता त्यति देखिएको छैन । अपर्याप्त सामाजिक सुरक्षा, योजना कार्यान्वयन प्रक्रियामा कमि, बालविकास सम्बन्धी रणनैतिक योजना तर्जुमा गर्न नसक्नु जिल्लाको बालवालिका क्षेत्रको विकासको समस्या रहेको छ ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बाशु प्रसाद काफ्ले, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अनुराग कुमार द्धिवेदी, जिल्ला शिक्षा कार्यालय सिन्धुलीका विद्यालय निरीक्षक नबराज बराल, नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति अशोक श्रेष्ठ, भगवति आवाशीय उमाविका प्रिन्सीपल कृष्ण उप्रेती लगायतको उपस्थिती रहेको थियो ।
 
कार्यक्रममा जिल्ला बाल कल्याण समितिले विभिन्न् प्रतियोगीतामा सहभागी भएका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेको थियो । 


,

0 comments

Write Down Your Responses