Powered by Blogger.
चिलीमा ८.३ रेक्टर स्केलको भूकम्प

काठमाडौं,३१ भाद्र  । दक्षिण अमेरिकी देश चिलीमा ८.३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पले धेरै भवनहरुमा क्षति पुर्‍याएको बीबीसीले जनाएको छ ।


भूकम्प चिलीको राजधानी सेनटियोगोदेखि दुई सय ४६ किलोमिटरको दूरीमा रहेको उत्तर-पश्चिम तटीय क्षेत्रलाई केन्द्र विन्दु बनाएर स्थानीय समय अनुसार सात बजेर ५४ मीनेट जाँदा भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रले जनाएको छ ।
भूकम्पको सतहदेखि १० किलोमिटर भित्र केन्द्र रहेको अधिकारीहरुले बताएका छन् । भूकम्पमा परी एक जनाको मृत्यु भएको खबर अाए पनि क्षतिको यकिन विवरण अाउन बाँकी छ । भूकम्पका कारण विनाशकारी सुनामी आउन सक्ने पेसेफिक सुनामी चेतावनी केन्द्रले जनाएको छ ।
उक्त इलाकाको वालपरासियो पोर्टमा सुनामीको सूचक घन्टीको आवाज आइरहेको छ भने सो क्षेत्रमा रहेका इलाकाका बस्तीहरु खाली गरिएको छ ।


,

0 comments

Write Down Your Responses