Powered by Blogger.
एसएलसी पुरक परीक्षामा सिन्धुलीका ७३.२५ प्रतिशत परीक्षार्थी उर्तिण

सिन्धुली, ३१ भाद्र । आज परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७१ सालको एसएलसी पुरक परीक्षाको नतिजा सार्वजनिक गरेको । सार्वजनिक नतिजा अनुसार सिन्धुलीका ७३.२५ प्रतिशत परीक्षार्थी उर्तिण भएको जिल्ला शिक्षा कार्यालय सिन्धुलीका विद्यालय निरीक्षक प्रेम प्रसाद त्रिपाठीले जानकारी दिए । 

त्रिपाठीका अनुसार नियमित एसएलसी तर्फबाट सहभागी १२७२ परीक्षार्थी मध्ये ९६२ जना उर्तिण भएका छन भने एक्जाम्टेड तर्फ पुरक परीक्षामा सहभागी ५०४ परीक्षार्थी मध्ये ३३९ जना परीक्षार्थी उर्तिण भएका छन । 
नतिजा अनुसार नियमित तर्फ पुरक परीक्षा दिनेमा १२ जना प्रथम श्रेणीमा, ६९५ जना द्धितीय श्रेणीमा र २५४ जना तृतीय श्रेणीमा उर्तिण भएका छन भने एक्जाम्टेड तर्फ पुरक परीक्षा दिनेमा द्धितीय श्रेणीमा २१० जना र तृतीय श्रेणीमा १२९ जना परीक्षार्थी उर्तिण भएका छन । 
२०७१ को एसएलसी पुरक(मौका) परीक्षामा सिन्धुली जिल्लाका ३ वटा नीजी विद्यालय सहित ११२ माध्यमिक विद्यालयका १७७६ जना विद्यार्थी सहभागी भएका थिए ।

पुरक परीक्षामा विज्ञान विषय लागेका सवैभन्दा बढी १ हजार ७७ जना परीक्षार्थी सहभागी भएका थिए । २०७१ सालको एसएलसी परीक्षामा २ वटा प्राविधिक सहित १२४ माध्यमिक विद्यालयहरुबाट नियमित र एक्जाम्टेड तर्फ गरी जम्मा ७ हजार ७ सय २३ जना परिक्षार्थीहरु सहभागी भएका थिए ।
त्यस्तै देशै भरी ६६.९३ प्रतिशत उर्त्तीण भएको परीक्षा नियन्त्रण विष्णुबहादुर द्वारेले  जानकारी दिए ।
परीक्षामा छात्रतर्फ ५५ हजार  तीन सय ८२ र छात्रातर्फ ६८ हजार सात सय ४६ जना गरी एक लाख २४ हजार एक सय २८ जना परीक्षार्थी सहभागी भएका थिए । परीक्षामा सहभागी विद्यार्थी मध्ये ८३ हजार ७८ जना परीक्षार्थी उर्त्तीण भएको द्वारेले बताए । जसमा छात्रतर्फ ३८ हजार तीन सय ९९ जना र छात्रातर्फ ४४ हजार ६ सय ७९ जना उत्तीर्ण भएका छन् । एसएलसी परीक्षाकाे नतिजा हेर्न slc.ntc.net.np क्लीक गर्नुहाेस र अाफ्नाे सिम्बाेल नम्बर टाइप गर्नुहाेस ।


, ,

0 comments

Write Down Your Responses