Powered by Blogger.
सिन्धुलीमा भब्य रुपमा मनाइदै विश्वकर्मा पूजा

सिन्धुली, १ असोज । दैवी वास्तुबिद विश्वकर्मा पूजा आज भब्य रुपमा मनाइँदै छ । नेपालमा प्रत्येक वर्षको आश्विन संक्रान्ति असोज १ गते विश्वकर्माको पूजाका साथ आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरिँदै आएको छ । 

समुन्द्र मन्थनबाट निस्किएको मानिएका विश्वकर्माले नै कृष्णको द्धारका, पाण्डवको मयसभा र देवताका हातहतियार बनाएको मानिन्छ । विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजाआराधना गर्ने प्रचलन छ । बडादसैँको नवमीमा पनि विश्वकर्मा पूजा गरिन्छ । नेपालमा आजै विज्ञान तथा प्रविधि दिवस पनि मनाइन्छ । सिन्धुलीमा यातायात व्यवसायी, विद्यालय, उद्योग, कलकारखानाहरुले भव्य रुपमा विश्वकर्मा पुजा मनाएका छन । सिन्धुली हार्डवयर व्यवसायी संघले माढीबजारको खुल्ला मञ्चमा विहानै देखी भव्य रुपमा विश्वकर्मा पुजाको कार्यक्रम आयोजना गरेको छ । 

विश्वकर्मा पुजमा लड्डु अभाव

अन्य समयमा विक्रि गर्नका लागि धौ धौ हुने लड्डु मिठाई शुक्रबार भने विहान सात बज्न नपाउदै बजारमा अभाव भयो । विश्वकर्मा पुजाको अवसरमा सबैले लड्डु मिठाईलाई प्राथमिकतामा राखेपछि सदरमुकाम सिन्धुलीमाढी बजार क्षेत्रमा विहानै लड्डु अभाव भएको मिठाई व्यापारीहरुले जनाए । 
गैरीबजारमा लामो समय देखि मिठाईको कारोबार गर्दै आएका सन्तोष शाहले बिहान सात बज्दै दुई कुइन्टल मिठाई बेचेको बताए । बिहानै लड्डु बेचिसके, उनले भने–‘फेरी बनाउने तयारीमा छु ।’ जिल्लामा यस्तो मिठाई बनाउने थोरै पसल छन् यसले पनि मिठाई अभाव भएको हो । 
विश्वकर्मा पुजाको अवसरमा सबैले आ–आफ्नो सवारी तथा इन्जिन पुजा गरेका थिए । इन्जिनका देबता भनेर विश्वकर्मालाई पुजिने भएकाले इन्जिन पुजा गरेर दिवश मनाएको यहाँको एक नीजि विद्यालयका प्रिन्सिपल कृष्ण उप्रेतीले जानकारी दिए । 

विश्वकर्मा पुजामा सिन्धुलीमा देखीएका केही दृश्यहरू(फाेटाेः बुदकुमार अाछामी 

विश्वकर्मा पुजामा अाफ्ना सवारी साधनकाे पुजा गर्दै भगवति अावशीय उमाविका शिक्षक तथा विद्याथीहरू ।

बाहिरै राखेर लड्डुकाे ब्यापार गर्दै व्यापारी ।

विश्वकर्मा पुजाले सजिएका यातायातका साधन ।

विश्वकर्मा पुजाले सजिएका टिकट काउन्टर ।







,

0 comments

Write Down Your Responses