Powered by Blogger.
बाबुराम भट्टराईलाई जनकपुरमा प्रवेश निषेध

काठमाडाैं, ७ असाेज । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईलाई जनकपुर प्रवेशमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले रोक लगाएको छ । भट्टराईको आन्दोलनलाई समर्थन गर्ने कार्यक्रम रहेको छ ।

शुक्रबार उनी केही मधेशी नेतासहित जनकपुर आउने कार्यक्रम तय भएपछि मोर्चाले विरोध गरेको छ । मोर्चाका प्रवक्ता संजय कुमार सिंहले संविधानमा भट्टराईले सही गरेका कारण उनि पनि त्यतिकै दोषी भएकाले नै उनको जनकपुरमा विरोध गर्ने मोर्चाले निर्णय गरेको छ ।

भट्टराई पार्टी छोडेर आए मात्रै उनको जनकपुरमा स्वागत हुने सिंहले दाबी गरे । एकातिर मधेशीको अधिकारको विरोध गर्ने पार्टीमा पनि बस्ने र अर्कोतर्फ मधेश आन्दोलनलाई पनि सहयोग गर्ने यस्तो प्रवृतिलाई मोर्चाले स्वीकार नगर्ने उनले चेतावनी दिए । भट्टराईसँगै रामचन्द्र झा, प्रभु साह र रामकुमार शर्माको पनि जनकपुर आउने कार्यक्रम रहेको छ ।


,

0 comments

Write Down Your Responses