Powered by Blogger.
दलहरुबीच सहमति जुटे असोज तेस्रो साता नयाँ सरकार !

७ असोज, काठमाडौं । नयाँ प्रधानमन्त्री चयनको मुख्य एजेण्डासहित रुपान्तरित व्यवस्थापिका संसदको अधिवेशन बोलाउने तयारी सुरु भएको छ । दलहरुबीच सहमति जुटे छिटोमा असोज तेस्रो साता नयाँ सरकार गठन हुनेछ ।chair

संसदको अधिवेशन आहृवानबारे कानूनमन्त्री नरहरि आचार्यले सभामुख सुवास नेम्वाङ र प्रमुख दलका प्रमुख समेतकहरुसँग परामर्श गरेका छन् ।

स्रोतका अनुसार सभामुखसँगको परामर्शपछि प्रधानमन्त्री कोइरालाले शुक्रबार संसद अधिवेशन आहृवानको सिफारिस गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आहृवान गर्नेछन् र यसरी आहृवान गर्दा सात दिन बाटोको म्याद राखिन्छ ।

एक नेताले भने-‘९/१० गतेतिर राष्ट्रपतिले आहृवान गर्नु हुनेछ । यसरी गर्दा १५ वा १६ गतेका लागि संसदको बैठक बोलाइने छ ।’

नयाँ संविधानमा भएको संक्रमणकालीन व्यवस्था अनुसार संसदको पहिलो बैठक बसेको सात दिनभित्र सहमतिका आधारमा सहमति सरकार गठन गर्न राष्ट्रपतिले संसदलाई आहृवान गर्नेछन् । सहमति नभए बहुमतका आधारमा प्रधानमन्त्री चयन हुनेछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा हेरिएको छ । तर, अन्य केही नेताहरु पनि प्रधानमन्त्रीका लागि बलिङमा लागेकाले सात दिनभित्र प्रमुख दलहरुबीच सहजै सहमति जुटिहाल्छ भन्न सकिँदैन । यस्तोमा संसदबाट नयाँ प्रधानमन्त्री चयन केही पर धकेलिन सक्ने नेताहरुश्रले बताएका छन् ।

संसद अधिवेशन आहृवान भएको २० दिनभित्र सभामुख र उपसभामुख चयन गर्नु हुन्छ भने एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुनेछ ।


0 comments

Write Down Your Responses