Powered by Blogger.
BBC नेपाली सेवा काठमाण्डुलाई मधेसबाट जोगिन्दरको पत्र !!

जोगिंदर
साहेब, होस नभएको नभन्नु होला । पुरापुर होस् हवासमै छु । म जोगीन्दर, घर सर्लाही , आमा पस्मिना देबी र पीता पन्नालाल । बहुत कुछ भएको छ मधेसमा ।  हाम्रो पहेचान जो छ त्यो खोसिएको छ भन्ने खबर जो आएको छ । तो हामी नेपालको मनुवा होइन की जस्तो लाग्दैछ । कुरा बुझे छैन । मधेश वन्द छ । वन्द जो छ ,यो सव वेहाल वनाएको छ । गाडीचले छैन स्कुल वंद छ ,पेट बन्द नभए पनि काम जो छैन , त्यसकारण हामी दिनहु जुलुसमा जान्छु । जुलुसमा जो छ , कहिलेकाहि खानाको वन्दोवस्त हुन्छ् । तँछाड मछाड गर्दै खायो र जुलुस लायो । मानिस जो छ , भिड देखे पछि हामी गाउलेहरुलाई जोस चलिहाल्छ । जोस्सिए पछि के हुनु ,हामी कर्फू तोड्न जान्छु । सिकाउन त सिकाउँछ हामरो गाउँको नेताले , डागडुग पारेर हिड्ने भन्छ । तो हामी जुलुसको पछाडी वसेको मान्छे ,डागडुग पारेर फर्किन नपाउदै पुलिस आउँछ र ठोकी हाल्छ । यो ठोक्ने पुलिस हाम्रोमा नपठाउ भन्न मिल्दैन भनेर नेतालाई भनेको ,यसैले त आन्दोलनलाई सहयोग पुगीराँछ भन्छ । म कुरो वुझेछैन । जे होस पुलीसले वेस्मारी हान्छ ।अलि अलि लठ्ठी घुमाउन जो जाने छु , यसकारण पुलिसको पीटाइ खाएको छैन ।त्यो सेतो धुँवा जो छ टियर गैस ओ तो वहुत पोल्छ , आँसु र सिगान एकै पटक । जुलुसमा जति आँशु आएछ नी त्यतिका त अहिले सम्म रुँदा पनि झरे छैन । मधेशको पुलीस साह्रै अत्यचार गरीराँछ । हामरो गाउँको वकिल भन्छ कम्मर माथी गोली हान्न कानुनले दिदैन तर पुलीस टाउको ताकी ताकी ठोक्छ । मान्छे जो मरेछ त्यो जुलुसको भन्दा रमिता हेर्ने वढी परेको छ । पुलीसले यति सारो नगरे थियो भने जनता यति विधी जुलुसमा आउदैनथ्यो । पुलीसको कारण आन्दोलन गर्माइराछ । वामदेवको आदेश भन्छ ।जनता मार्न आदेश दिने काम ठिक भएन, हामरो कुरा पनि सुन्न परो नि । हामीले के भनेछु हामी मधेशी हामरो पहेचान देउ हामी आन्दोेलनमा जादैन । पहेचान भनेको ठुलो कुरा हो भन्ने वुझेछु । यसले नै हामरो पुर्खाको सम्मान मिल्छ भन्छन ।यत्तिका दिन सम्म पुर्खालाई गतीलो पीन्न दिन नपाएको , सन्मान मिल्छ भने किन नलडने भन्ने हामरो कुरा छ ।
एक महिना लामो आन्दोलन हँुदा कस्तो हुन्छ भन्ने कुरा सायद काठमाण्डौले वुझेछैन । घरमा नुन छैन पसल खुल्दैन । दुवैतिरवाट जनता मारमा छ । आन्दोलनकारीको वन्द संग कर्फुु जोडिएकै छ ,कर्फु नभएको भए राती भएनी पसल त खुल्थो नि। सरकार हामीलाई नुन पनि नखा भन्छ । यो त अत्यचार नै भो नि । हामरा आन्दोलनकारी नेतालाई वार्तामा वसाल्न किन नसकेको ? कुरो गर्नु परो । आन्दोलन लाम्विदै जाँदा मधेशी नेताको काठमाण्डौ भन्दा विहारको पटना तिर पो विस्वास वढे जस्तो लाग्छ । अस्ति प्रचण्डले गरेको भाषण हामीलाई पनि मन परेको छ, काठमाण्डौ हामीले पनि वनाएको हो , तर वनाए जस्तो पनि त गर्नु परो नि । कालो मान्छे सवै भारतिय हुन जस्तो गर्छ काडमाण्डु ,यो हामीलाई ठिक लागे छैन । यहाँको सिमाना कस्ले वचाएको छ ,हामीले । भारतीय दादागीरी वाट सास्ती कस्ले भोगेछ ,हामीले । हामरो चेलीवेटी माथी कस्ले नराम्रो नजर लाएछ, त्यतैकाले । हामीले यत्तिका सहीराखेको छु के का लागी । काठमाण्डुले हामीलाई एउटा नागरीकता वाहेक के दिएछ ,छैन । तर हामी नेपाली हुनुमा गर्व गर्छु । हाम्रो यो देशकालागी गरेको योगदानलाई काठमाण्डुले आभार पनि दिदैन । हामी नेपाली हो की होइन ?किन हेला गरेको कालो देखेर ? हामरो छाला कालो ,मन सेतो । काठमाण्डुको छाला सेतो भएर पनि मन कालो । हामीको चित्त यहि भएर दुखेको । संविधान बनाउने कुरा नराम्रो भने छैन । यस्मा हामरो कुरा पनि त हुनु परो कुरो यत्ति हो । संविधानमा हामरो कुरो नभए, हामी कहाँ जाने ? यहाँका नेताले आजकल अर्कै देश वनाउन पो पर्छ कि भन्ने कुरा गरेको भन्ने सुनेको छु ,यो नराम्रो भयो । हामीलाई यो कुराले रुलाएको छ । यसो नगर ,हामी कम पढेको मानिस कुरो त्यति वुझदैन तर नेपाललाई टुक्राउन भने मिल्दैन ,यहि हाम्रो सोचाइ हो । मधेशको आन्दोलन आजकल दुविधामा छ ,के गर्ने संकट छ, काठमाण्डुले यस्लाई छिट्टै वुझोस । जनकपुरमा मानिस जो शवयात्रामा आए तिनीहरु कतै वाट मगाएका होइनन । विरगंजको त कुरै नगरौ वाफ रे वाफ मानिसको समुन्दर । ति मानिसको कुरा राज्यले मान्न पर्छ कि पर्दैन ? उनिहरुको कुरा ठुलो छैन । पहेचान चाहीयो र प्रदेशको सिमा मिलाउनु परो । कुरा यत्ति हो , त्यो के छ ,मधेशको सिमा मिलाउने कुरा संघिय आयोगलाई दिए हुन्छ भन्ने गच्छदारको कुरा पनि नराम्रो होइन । काठमाण्डुले यत्ति पनि किन हुन्छ भन्न नसकेको । प्रचण्ड प्रति हामीको विस्वास थियो ,वार्ता गराउने कुरा पनि गरेको समाचार सुनेथे । तर त्यति ठुलो नेताले पनि वार्ता गराउन नसकेकोमा हामीलाई चिन्ता लागेको छ । हामरो तिर आन्दोलन शन्तिपुर्न छ । पश्चिममा पुलिस पनि मारीएका थिए ,हामीकोमा जनतामात्र मारीएका छन । त्यसकारण यो आन्दोलन शान्तिपुर्न छ भन्न मिल्छ । हामीकोमा आजकल पहाडिया र मधेशी लडाउने प्रयास गर्न थालिएको छ ,यसो भयो भने नराम्रो हुन्छ । मधेशका नेताले विहारमा शरणर्थी शिविर वनाएर आएकाछन रे । यो वडो दुखको कुरा छ । त्यो शिविरमा को जाने ? किन जाने ?? पहाडिया पहाड तिर जालान हामी विहार तिर ,यो अस्विकार्य छ ।
हामीको के गल्ती हो त्यो भन्नु परो , होइन भने विहारमा हामीलाई लखेटने वातावरण कस्ले वनाउन लागेको हो त्यो कुरो वुझाइदिनु परो । हामी मिलेर वसेका छौ यत्ति हो हामीलाई यो देशको सन्मानित नागरीकको दर्जा चाहियो । हामीलाई यो देशको संरक्षण र सम्वधन चाहियो । आफ्नो नागरीकको नागरीक अधिकार दिन नसक्नेलाई देश भन्न मिल्दैन । हामी आफ्नै देशमा शरणर्थिको भुमीकामा वस्न सक्दैनौ । ढिलै होस वन्दै गरेको संविधानमा हामीलाई पनि समेट । पारीत भएकै संविधानमा हामीलाइ संवोधन गर्न नसकिएला तर यस्को पहिलो शंसोधन हुँदा हाम्रा माग पुरा गर्न सकिन्छ ।त्यसो भए हामी संविधान घोषणा हुने दिन दिपावली गर्ने छौ । इतिहासको यो सुनौलो अवसरमा सहभागी हुने हाम्रो हकलाई अपहरण नगर । काठमाण्डौले दिपावली गरीरहदाँ मधेशमा आगो लायो भने त्यसले देशलाई कुँजो वनाउछ । हामीलाई अर्नगल वलिदानीका लागी नउक्साउ । हामी हाम्रो रगत, यो देशको तक्दीर वदल्न खर्च गर्न चाहन्छु । हामीलाइ यो अवसर दिइयोस । काठमाण्डौलाई भाइ वनाइयोस पराया होइन ।
जोगीन्दर यादव, सर्लाही


0 comments

Write Down Your Responses