Powered by Blogger.
राष्ट्रपतिले आह्वान गरे संसदको हिउँदे अधिवेशन

काठमाडौं, ८ असाेज । राष्ट्रपति डा. रामवरण यादवले संसदको हिउँदे अधिवेशन आह्वान गरेका छन् । आगामी असोज १५ गते शुक्रबार अन्तराष्ट्रिय केन्द्रमा दिउँसो एक बजे बस्नेगरी अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नेपालको संविधान, २०७२ को धारा २९६ को उपधारा (६) अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले व्यवस्थापिका-संसद्को अधिवेश आह्वान गरेका हुन् ।
संविधानको धारा २९८ बमोजिम प्रधानमन्त्री चयनका साथै नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न संवैधानिक प्रावधानअनुसार संविधान जारी भएको सात दिनभित्र व्यवस्थापिका-संसद् बैठक आहृवान गर्नुपर्नेछ ।


,

0 comments

Write Down Your Responses