Powered by Blogger.
गच्छदार र उपेन्द्रको मोर्चाबीच कार्यगत एकताको प्रयास सुरु

संघीय लोकतान्त्रिक मोर्चाले कार्यदल बनायो

काठमाडौं ,८ असोज । उपेन्द्र यादवसहितको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाबीच कार्यगत एकताको प्रयास सुरु भएको छ । साथै थरुहट थारुवान संयुक्त संघर्ष समितिलाई पनि समेट्ने प्रयास थालिएको नेताहरुले बताएका छन् ।

गच्छदार नेतृत्वको मोर्चाले मधेसमा क्रियाशील मोर्चाहरुस्ँग एकता तथा सहकार्यको गृहकार्य गर्न कार्यदल बनाएको छ । कार्यदलमा फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरी, रामसपाका केशव झा र फोरम गणतान्त्रिका सीपी सिंह छन् ।
उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोसहितको मधेसी मोर्चाले यसअघि नै कार्यदल बनाइसकेको छ ।
गच्छदार मोर्चामा आवद्ध एक शीर्षनेताले भने-विभिन्न चरणमा कुराकानी भइरहेको छ । एक भएर जाने त भयो । मोर्चा मोर्चा सहकार्य गर्ने कि एउटै मोर्चा बनाउने भन्ने छलफल भइरहेको छ ।’
कार्यगत एकताको प्रयासमा गच्छदारसँग वार्ता गर्न मधेसी मोर्चाका नेता एवं तमलोपाका अध्यक्ष महन्थ ठाकुर काठमाडौं आएका छन् । उनले शुक्रबार नै गच्छदारसँग वार्ता गर्ने तय भएको छ ।
शनिबार दुबै पक्षका थप नेताहरुसहितको बैठक समेत बस्नेछ । गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले थरुहट थारुवान संयुक्त संघर्ष समितिसँग पनि मोर्चाबन्दीका लागि पहल गरिरहेको छ ।
थरुहटमा फोरमका महासचिव रामजनमसहितका नेताहरु छन् । राजकुमार लेखीसहितका थारु नेताहरु समेत पछिल्लो समय मधेसी मोर्चासँग सहकार्य गरेर आन्दोलन गर्ने लबिङमा लागेका छन् ।


,

0 comments

Write Down Your Responses