अंगीकृतले मुख्यमन्त्री पाउनुपर्ने माग मधेसको होइन : मात्रिका यादव
वीरगञ्ज ,९ असोज । नेकपा (माओवादी) का संयोजक मात्रिका यादवले अंगीकृत नागरिकता लिएका व्यक्तिहरुलाई राष्ट्रपति, प्रधानमन्त्री वा मुख्यमन्त्री बन्न पाउनुपर्ने माग मधेसका सबै आन्दोलनकारीको नभएको प्रष्ट पारेका छन् ।
यादवले भने- ‘अंगीकृत नागरिकताको मारमा सबैभन्दा बढी हामी मधेसी छौं, अंगीकृतवालाले त्यो अधिकार पाउँदा हामी वंशजका मधेसी नेपालीलाई घाटा हुन्छ ।’
मधेस आन्दोलनका जायज माग पूरा हुने हो भने अंगीकृत नागरिकताको विवाद स्वतः खारेज हुने यादवले बताए । उनले भने, ‘काठमाडौंका छोटे राजाहरुले मधेसका जायज माग पूरा गरुन्, अंगीकृतवालासँग हामी लडौंला’ ।
मधेसी युवा अंगीकृतको अधिकारको विपक्षमा
अंगीकृत नागरिकता पाएको व्यक्तिलाई पनि वंशजको नागरिक सरह अधिकार दिनुपर्ने कुरा मधेसी मोर्चाका केही नेताले उठाए पनि मधेसी युवाहरु नै यसको विपक्षमा बहस गर्न थालेका छन् ।
यो माग राजेन्द्र महतो लगायत मोर्चाका केही नेताले उठाए पनि सबैको माग नभएको मधेसी बुद्धिजिवीहरु बताउँछन् । मधेस मामिलाका अध्येता डा. राजेश अहिराजले यो माग आम मधेसीको नभएको बताइसकेका छन् ।
0 comments
Write Down Your Responses