Powered by Blogger.
५० लाखको आन्दोलनमा भारतीय सहयोग !

  • फणीन्द्र ज्वाला

बिगत ४५ दिन भन्दा बढि सयमदेखि नेपालको मधेसमा जारी मधेसवादी दलहरुले ‘देश र जनताको लागि’ भन्दै आन्दोनका क्रममा मरेको खण्डमा रु ५० लाख प्रदान गर्ने घोषणाका साथ ‘जवर्जस्त’ रुपमा चलाईएको आन्दोलन अन्ततोगोत्वा कसको निर्देशनमा भईरहेको छ भन्ने पुष्टि भएको छ । मधेसी जनताको अधिकार सुनिष्चित गर्ने नाममा मधेसका जनताको काम गरेर दुई छाक खाने (रोजिरोटी) अधिकार पनि आन्दोलनकारी दलका नेताहरुको काँचो, अपरिपक्व, र बिनातर्कको मागको हड्तालले गर्दा हरण गरिदिएका छन् । संविधानमा सिमाङ्कनको विषयलाई लिएर असन्तुष्ट बनेका उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरम, महन्त ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना, महेन्द्र राय यादव नेतृत्वको तमसपा, नेकपा माओवादीका संयोजक मातृका यादव, शरदसिंह भण्डारी नेतृत्वको रामसपा र पछिल्लो पटक विजय गच्छदार नेतृत्वको फोरम (लोकतान्त्रिक) ले यतिबेला देशको मधेस भूभागमा गरिरहेको आन्दोलनमा भारतको सहयोग रहेको पुष्टि भएको छ ।
आन्दोनकारीहरुले समग्र मधेसलाई टुक्राएर छुट्टै राज्य घोषणा गर्न चाहिरहेका छन् । जसरी छिमेकी मुलुक भारतले नेपालको संविधानसभाबाट दुई तिहाई भन्दा बढि सदस्यद्धारा भर्खरै जारी गरिएको संविधानमा असन्तोष जनाउदै नेपाललाई हित नहुने खालको ठाडो आदेश दिंदै आएको छ र संविधानमा अंगिकृत नागरिकता भएकाले पनि राष्ट्रपति, प्रधानमन्त्रीलगायतका पदका लागि लड्न पाउने अधिकार संविधानमा सुनिष्चित गर्नुपर्ने माग भएको कुरा भारतीय दैनिक पत्रिकाहरुमा प्रकाशित भएका छन् । मधेसी दलका आन्दोनकारी नेताहरुको केहि माग सोहि प्रकृतिका रहेका छन् । यसले के कुराको संकते गर्छ भने आखिर मधेसीहरु समग्र नेपाल एक नभई नेपालको तराई/मधेस भाग कालान्तरमा भारतमा सुम्पिने अपरिपक्व र अदूरदर्शी खेल खेलिरहेका छन् । त्यसैले त भातको पछिल्लो पटकको नाका बन्दी त्यसैको कडीको रुप हो भनेर ठोकुवा गर्न सकिन्छ । 

नेपालको तराई/मधेसका जनता यदि आफ्नो अधिकार सुनिष्चित गर्ने राजनीतिक यात्रमा लागेका हुन् भने उनीहरुले सरकार संगका असमझदारीका पक्ष, पाटा र बँदाहरु वार्ता, सम्वाद, सहमति, सहकार्यका साथ समाधान गर्न तत्पर हनुपर्छ । घुर्किको भाषामा, निर्दोष नेपालीलाई ढाल बनाएर आफु ‘हिराे’ बन्ने प्रबृत्ति अहिले मधेसी दलहरुले गरीरहेका छन्, त्यो कार्य एकदमै गलत छ । मधेसी दलहरु गलत बोटामा लागि रहेका छन्, उनीहरुले आन्दोलनलाई स्थगीत गर्दे सरकार संग वार्ता गर्नुको कुनै पनि बिकल्प देखिदैन । मधेसकै अधिकाँस जनताहरु भनिरहेका छन्, कि आन्दोलनकारी र दलका नेताहरुले जनताको रुचि बिरुद्ध उनीहरुलाई अनिवार्य रुपमा आन्दोनमा जान उर्दि दिएका छन् । कतिपय सर्वसाधारण जनताको भनाई छ कि आन्दोनमा नगए दलका कार्यकर्ताहरुले घरमा आगो लगाईदिने, पछि आफ्नो माग पुरा भएपछि र आफ्नो दलका नेताहरु सो क्षेत्रको मुख्य मन्त्री बनेपछि ती जनताको अधिकार कटौती गरिदिने लगायतका धम्कीका कारण सर्वसाधारण जनता आन्दोलनमा जान नचाहेर पनि जवर्जस्ती होमिनु परेको बताउने गर्दछन् । 

आफ्नो देशका भोका र अधिकार नपाएको जनताको माग सम्बोधन गर्न छोडेर भारतिय सरकारले जून प्रकारको नेपाल प्रतिको ‘काईते छिमेकी चासो’ प्रदर्शन गरेको छ यसले नेपाली जनता कोहि पनि खुसि छैनन् । सरकार बिरुद्ध नाजायज रुपमा लडि रहेका मधेसी दलका नेताहरुले सरकारले आग्रह गरेको बार्ताको टेबुलमा नबसेर जसरी भारत सरकारलाई आफुहरुको आन्दोलनको आगोमा घिउ थप्न आग्रह गरेका छन् र नाकाबन्दी गर्न भारतलाई आग्रह गरेका छन्, यसले नेपालको छबि र नेपालको तराईमा राजनीति गर्ने मधेसी दलका नेता कार्यकर्तालाई नैं घाटा भएको छ । नेपालको नागरिकले आफ्नै देश बिरुद्ध आन्दोलन गर्न भारतीय सरकारलाई आग्रह गर्नु कति सम्मको देश भक्ति कार्य हो ? यो प्रश्नको जवाफ यतिबेला मधेसी दलका नेता कार्यकर्ताले खोज्नु पर्ने बेला आएको छ । 
यो यथार्थ हो कि यतिबेला नेपाल–भारतको बिभिन्न सिमा क्षेत्रमा मधेसी दलका नेता कार्यकर्ताहरु धर्ना बसेका छन् र भारतबाट नेपाल भित्रिने पेट्रोल, ग्यास, रासायनिक पदार्थलगायतका अन्य खाद्य पदार्थहरु नेपाल भित्रिन नदिन भारतलाई आग्रहसमेत गरेका छन् । आन्दोनकारीको मागप्रति भारत सरकार ‘पोजेटिभ’ देखिएको छ । भारतले एक छिमेकी राष्ट्रलाई गर्नुपर्ने सहयोग गर्न छाडेर नेपाल संग सत्रुतापूर्णं ब्यबहार गर्न थालेको छ । अर्को शव्दमा भन्नुपर्दा भारतले नेपालका लागि नाकाबन्दी गरेको छ । नाकाबन्दीका कारण नेपालमा पेट्रोलको हाहाकार सुरु भईसकेको छ भने अझै यहि स्थिती कायम हुने हो भने नेपालीहरुको महान पर्व दशैंको मुखमा नेपालीहरुले अन्य धेरै सामग्रीको हाहाकार खेप्नुपर्ने स्थिती देखा पर्न थालेको छ । 

आन्दोलनकारी दलका कार्यकर्ताहरुलाई भारतले दश गजा पारी (सिमा पारी) लगेर संरक्षण प्रदान गर्ने गरेको र भारतीय पक्षले आन्दोनकारीहरुलाई खानाकोसमेत ब्यबस्था मिलाउने गरेको समाचार आईसकेका छन् । त्यसैगरी नेपालका आन्दोलनकारीहरु सुरक्षित हुन सिमा पारी गएर नेपाली भूमिको रक्षार्थ खटिएको सुरक्षाकर्मीहरुलाई ढुंगा प्रहार गर्ने गरेको समाचार पनि सर्वजनिक भईसकेका छन् । आखिर नेपालमा बसेर नेपाल देशकै रक्षा गर्ने र अधिकार माग्ने हो भने किन नेपाल प्रहरी माथि आक्रमण गर्दे भारतको साथ लिनु ? यदि साँच्चै देश र जनताको अधिकारको लागि लडेको हौ भने मधेसी दलका नेताहरु किन बार्ताको टेबुलमा बसेर समास्याको समाधान गर्न डराईरहेका छौं ? कि भारतले वार्तामा नवस, ठोकेरै जाऊ, सरकार सँग मुठमेड गरेरै अगाडी बढ, तिमीहरुलाई चाहिने हात–हतियार र राशन, पानी दिन्छु भन्ने सम्झौता गरेको छ ? यदि त्यस्तो हो भने खुलस्त भन । सरकार पनि त्यहि अनुसार तिमीहरुसंग मुकाबिला गर्न तयार छ । होईन भने सरकारले दैनिक आग्रह गरेको छ,– बार्तामा आउ, राजनीतिक जायज माग हुन् भने ती समाधान हुनेछन् ।
गत बैशाख १२ र त्यस पछिका लगातारका भूकम्पका शक्तिशाली पराकम्पले गर्दा नेपालको धेरै जनधनको क्षति हुन पुग्यो । त्यसमा छिमेकी राष्ट्र भएको नाताले भारतले र अन्य मुलुकहरुले धेरै सहयोग गरे । तर यतिबेला भारतले गरेको उक्त सहयोग निस्वार्थ रहेनछ भन्ने प्रमाणीत भएको छ । भूकम्पका बेला उसले गरेको सहयोगको फाईदा यतिबेला नेपाल र नेपालीको स्वाभिमान संग लुट्न खोज्दै छ । नेपाल भूपरिबेष्ठित भएकोले भौगोलिक कमजोरीको फाईदा भारतले लुट्न खोज्दै छ । तर यस प्रकारको भारतीय हस्तक्षेप भएकोप्रति आम नेपाल र नेपाली मुकदर्शक भएर बस्ने छैनन् । संयुक्त राष्ट्रसङ्घ र अन्य सरोकारवाल संगठन र मुलुकहरुले यस वर्तमान परिस्थितीको ठोस मुल्याङ्न र बिश्लेषण गरिरहेका छन् । गल्ति गर्नेले एकदिन सजायको भागिदार बन्नै पर्छ, र सहयोगका हातहरु फैलाउदै अगाडी बढ्नै पर्छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय जे सुकै होस्, समस्या समाधानको उत्तम बाटो वार्ता, छलफल, संवाद र सहकार्य नैं हो । आशा गरौं नेपालको वर्तमान राष्ट्रिय र अन्तराष्ट्रिय दुवै समस्या यहि बाटोबाटै चाँडो पुरा हुनेछ ।


0 comments

Write Down Your Responses