ट्रयाक्टर चालकहरुलाई सचेतना तालिम
सिन्धुली, १० असोज । दुर्घटना न्यूनिकरण गर्न सहयोग पुयाउने उदेश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले आज जिल्लाका ट्रयाक्टर चालकहरुलाई सचेतना तालिम दिएको छ ।
ट्राफिक ज्ञान लिदै चालक तथा सहचालकहरू । फाेटाेः फेसबुकबाट |
नजिकिदै गरेका चाड पर्वमा हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै ट्रयाक्टरका चालक र सहचालकहरुलाई ट्राफिक नियम सँगै सुरक्षित यात्राका बारेमा जानकारी दिइएको छ । सिन्धुलीमाढी, बजार लगायतका क्षेत्रमा ट्रयाक्टर चालकहरुले तिव्र गतीमा चलाउने, मापसे सेवन गरेर सवारी चलाउने गुनासो बढेपछि ट्राफिक प्रहरी कार्यालयले ट्रयाक्टर चालक र सहचालकलाई बोलाएर आज तालिम दिएको हो ।
६० भन्दा बढी ट्रयाक्टर चालक र सहचालक गरी १ सय ३१ जनालाई सचेतनाको तालिम दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । आजको तालिममा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनुराग कुमार द्धिवेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका इन्चार्ज पर्शुराम जोसी र ट्राफिक प्रहरी हवल्दार रामेश्वर पाण्डेले सुरक्षित यात्राका बारेमा जानकारी गराएका थिए ।
आगामी दिनमा ट्रयाक्टर चालकहरुलाई तिव्र गतीमा आफ्नो सवारी नचलाउन, सामान ढुवानी गर्दा नछोप्न, बास, रड लगायतका लामा साधन ढुवानी गर्दा विशेष ध्यान दिन आग्रह गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका ट्राफिक प्रहरी हवल्दार रामेश्वर पाण्डेले बताए ।
विगतका केही बर्षको तुलना सवारी दुर्घटनाको संख्या घटदै गएको छ । यस आर्थिक बर्षको सुरु देखि अहिले सम्म ३ वटा सवारी दुर्घटना भएको, १ को मृत्यु भएको, ५ जना गम्भिर घाईते भएको र १६ जना सामान्य घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
नियम विपरित सवारी चलाउनेलाई हरेक पटक १ हजार जरिवाना गरिने, र बारम्बार चालकले गल्ति दोहो¥याएमा लाईसेन्स प्वाल पार्ने नीति रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
0 comments
Write Down Your Responses