Powered by Blogger.
सिन्धुलीमा पनि भारतीय हस्तक्षेपको बिरोध

अघोषित नाकाबन्दी अन्त्य गर्न आग्रह 

प्रदिप बर्देवा
सिन्धुली, ११ असोज । नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डता माथि छिमेकी मुलुक भारतले हस्तक्षेप गरेको भन्दै सिन्धुलीका तीन ठुला राजनैतिक दलहरुले बिरोध जनाएका छन । 
नेपाली काग्रेस, नेकपा(एमाले) र एकीकृत नेकपा(माओवादी) सिन्धुलीले आज सयुक्त रुपमा एक प्रेश विज्ञप्ती जारी गर्दै भारतीय हस्तक्षेपको विरोध गरेका छन । उनीहरुले कुटनैतिक पहल मार्फत समस्या समाधान गर्न नेपाल सरकारसँग आग्रह समेत गरेका छन । 

जारी प्रेश विज्ञप्तीमा भनिएको छ, ‘नेपाल एक स्वतन्त्र, सार्वभौम सक्ता सम्पनन राष्ट्र हो । नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डता माथि भारतीय पक्षबाट भएको हस्तक्षेपको हामी घोर भत्र्सना गर्दछौं ।’
विज्ञप्तीमा भारतले शान्तिपूर्ण सहकार्य र सहअस्तित्वमा आधारीत पञ्चशिलनका आधारभुत सिद्धान्तको खिल्ली उडाउँदै भुपरिवेष्ठित मुलुकहरुले प्राप्त गर्ने ब्यापार तथा पारवहन अधिकार माथि भारतबाट भएको उल्लंघनको कडा विरोध गरेका छन । विज्ञप्तीमा तत्काल अघोषित नाकाबन्दी फिर्ता गर्न समेत सम्बन्धीत पक्षसँग आग्रह गरिएको छ । 

नेपाली काग्रेसका जिल्ला सचिब उपेन्द्र पोखरेल, नेकपा(एमाले)का जिल्ला अध्यक्ष प्रदिप कट्वाल र एकीकृत माओवादीका अध्यक्ष राजन दाहालद्धारा हस्ताक्षरित प्रेश विज्ञप्तीमा नयाँ संविधानलाई स्वागत गर्दै राष्ट्रियताको पक्षमा दृढ भएर उभिन समेत आग्रह गरिएको छ । 

हेर्नुस प्रेश विज्ञप्तीको पूर्ण विवरण 



,

0 comments

Write Down Your Responses