Powered by Blogger.
सिन्धुली–काठमाडौं सम्पर्क मञ्चमा थापामगर

काठमाडौं, ११ असाेज । नेकपा एमाले सिन्धुली काठमाडौँ सम्पर्क मञ्चको नवौँ अधिवेशनबाट अमर थापा मगर अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडाैंमा आइतबार सम्पन्न २७ सदस्यीय कार्यसमिति निर्वाचनमा उपाध्यक्षमा नारायण सुनुवार, सचिवमा राजु बराल, सहसचिवमा मीनकुमार श्रेष्ठ र कोषाध्यक्षमा वेद राना मगर विजयी भएका छन् ।

त्यस्तै, सदस्यमा ध्रुव घिमिरे, नारायण पोख्रेल, इन्द्रप्रसाद लामिछाने, शरद प्याकुरेल, बसन्त न्यौपाने, सुवर्णप्रकाश पुलामी, सरोज दाहाल, विष्णुहरि आचार्य, दानबहादुर मगर, कमल पुलामी छन् ।
यसैगरी, अन्य सदस्यमा निर्मला श्रेष्ठ, निर्मला प्रसाईं, मञ्जुश्री लामा, विना श्रेष्ठ, कला भण्डारी, सुजन तामाङ, डीबी बम्जन, शान्तिमान मगर, मीनकुमार सुनुवार, सञ्जीव कार्की, सुमन परियार, समीर हायु निवाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिको अवधि दुई वर्ष रहने छ ।


,

0 comments

Write Down Your Responses