Powered by Blogger.
रसुवागढी नाका खोल्ने जिम्मा चीनकै

दसैंअघि खुल्ने गरी काम भइरहेको राजदूतको भनाई

काठमाडाैं, १२ असाेज । चीनको केरुङसँग जोडिएको रसुवागढी नाका खोल्ने जिम्मा चीनकै  रहेको छ । नेपालका तर्फबाट नाका खुलाउन सबै तयारी पूरा भएको छ। रसुवा आसपासको क्षेत्रमा बाटो बनाउन काठमाडौंबाट ४ वटा स्काभेटर मगाइएको छ । 
'रसुवागढी नाका खोल्न नेपालको तर्फबाट कुनै समस्या छैन्' प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले  भने 'छिट्टै नाका खोल्न चिनियाँ अधिकारीहरुसँग छलफल गरिरहेका छौं ।' 
साथै छलफलका क्रममा चिनियाँ पक्षले भूकम्पले भत्काएको सडक निर्माण गरिरहेको र पहिरोका कारण ढिलाई भएको बताएको उनले सुनाए । 'नाका खोल्न कति दिन लाग्छ उनीहरुले भनेका छैनन् तर काम छिटो भइरहेको भने जानकारी गराएका छन्' गेलालले भने । 
नाका खुलाउने विषयमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले चिनियाँ पक्षसँग पटक पटक छलफल गरेको छ । चिनियाँ पक्षले चाँडै नाका खोल्ने जानकारी दिएको जिल्ला प्रहरी प्रमुख डिएसपी अवदेश विष्टले जानकारी दिए । दसैंअघि नाका खोल्न पाए नेपाली जनतालाई राहत मिल्ने उनले बताए । 
रसुवागढी नाका सिन्धुपाल्चोकको भन्दा ठूलो हुने भन्सार कार्यालयले जनाएको छ । केही वर्षपछि चीनको बेइजिङदेखि केरुङसम्म रेल चल्ने र त्यसको तयारीमा चीन सरकार जुटेको हुदाँ त्यो नाका ठूलो हुने भन्सार कार्यालयले जनाएको छ । 
रसुवागढी नाका खोल्ने विषयमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सोमबार बिहान नेपालका लागि चीनका राजदूत वु चुन्ताईसँग पनि छलफल गरेका छन् । सो क्रममाचुन्ताईले  दसैंअघि नाका खोल्नेगरी आफूहरुले काम गरिरहेको बताएका थिए ।


, ,

0 comments

Write Down Your Responses