सिन्धुलीकाे कपिलाकाेटमा जल्यो मोदीको पुत्ला
सिन्धुली, १२ असोज । भारतीय सरकारले नेपालको सार्वभौमिकता माथी नाङ्गो हस्तक्षेप गरेको बिरोधमा सिन्धुलीको महादेवस्थान स्थित कपिलाकोट उच्च माविका शिक्षक तथा विद्यार्थीहरुले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन ।
कपिलाकोट उच्च माविबाट निकालिएको पुत्ला सहितको जुलुसले भारतीय सरकारको विरोध गर्दै विभिन्न् नाराबाजी सहित कपिलाकोटको छाप बजार परिक्रम गरेको र मोदीको पुत्ला दहन गरेको स्थानीय विद्यार्थीले जानकारी दिए ।
भारतको अघोषित नाकाबन्द र नाङ्गो हस्तक्षेपको विरोधमा सहर र सदरमुकाममा मात्र होइन गाउँगाउँमा समेत आन्दोलनमा उत्रिए क्रम बढ्दै गएको छ ।
0 comments
Write Down Your Responses