हेर्नुस सिन्धुलीमा पेट्रोल लिनेको भीड
सिन्धुली, १३ असोज । मङ्गलबार राति आएको डिजल र पेट्रोल लिन बुधबार विहानै देखी जिल्लाका विभिन्न् पेट्रोल पम्पमा सवारी साधनको ठुलो भीड लागेको छ । बिहानै ५ बजे देखीनै पेट्रोल पम्पमा सवारी साधनको लाइन लागेको भएपनि ८ बजे सम्म वितरणको काम सुरु गरिएको छैन ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले वितरणलाई व्यस्थित गर्न सिन्धुलीमाढीबाट चल्ने ठुला यात्रुवाहक गाडिहरुका लागी १०० लिटर, सिन्धुलीमाढी बाहेक जिल्लाका अन्य स्थानबाट चल्ने यात्रुवाहक गाडिहरुका लागी १३० लिटर र टाटासुमोलाई ३५ लिटर डिजेल दिने तयारी गरेको छ भने प्रति मोटरसाइकल रु ४०० रुपैयाँ बराबरको पेट्रोल दिइने बताइएको छ ।
लामो समप पछि जिल्ला प्रशासन कार्यालयको सिफारीसमा मङ्गलबार राति २१ हजार लिटर डिजल र ३ हजार लिटर पेट्रोल सिन्धुली आएको र व्यवस्थित तरिकाले वितरण गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिए ।
0 comments
Write Down Your Responses