Powered by Blogger.
सभासद बराल माथि अज्ञात समुहद्धारा आक्रमण

काग्रेस सिन्धुलीद्धारा घटनाको छानविन र कार्वाहीको माग  

सिन्धुली, १३ असोज । संविधानसभाको निर्वाचनमा सिन्धुली क्षेत्र नं.२ बाट निर्वाचित सांसद तथा नेपाली काग्रेस सिन्धुलीका सभापति मोहन प्रसाद बराल माथि मङ्गलबार राति अज्ञात समुहले आक्रमण गरेको छ । 
आफ्नो निवास तर्फ फर्कदै गर्दा भक्तपुरको जडिबुटी भन्ने स्थानमा सागातिक हमला गरी उनलाई गम्भीर घाइते बनाएको नेपाली काग्रेस निकट श्रोतले बतायो । गम्भीर घाइते बरालको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 
त्यस्तै नेपाली काग्रेस सिन्धुलीले आज एक प्रेश विज्ञप्ती जारी गर्दै घटनाको तत्काल छानविन र दोषिमाथि कडा कार्वाहीको माग गरेको छ । नेपाली काग्रेस सिन्धुलीका सचिब उपेन्द्र पोखरेलद्धारा जारी प्रेश विज्ञप्तीमा भनिएको छ, संघीय गणतन्त्र नेपालको संविधान निर्माण गर्ने सभासद माथि नै सांघातिक आक्रमण हुनुले राष्ट्रमा शान्ति, सुरक्षा माथि प्रश्न चिन्ह उठाएको छ ।
सरकार शान्ति सुरक्षा प्रति गम्भीर नभएको निषकर्ष निकाल्दै नेपाली काग्रेस सिन्धुलीले गृह मन्त्रालयलाई ध्यानाकर्षण समेत गराएको छ । विज्ञप्ती मार्फत घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको  छानविन गरी सत्यतथ्य पत्ता लगाउन तथा दोषि माथि कडाभन्दा कडा कार्वाही गर्न समेत माग गरिएको छ । 
त्यस्तै नेपाल विद्यार्थी संघ सिन्धुलीले पनि प्रेश विज्ञप्ती जारी गरी घटनाको छानविन र दोषि माथि कडा कार्वाही हुनुपर्ने माग गरेको छ । 

हेर्नुस नेपाली काग्रेस सिन्धुलीले निकालेकाे विज्ञप्तीकाे पुर्ण पाठ


नेवि संघ सिन्धुलीले निकालेकाे विज्ञप्तीकाे पुर्ण पाठ 




0 comments

Write Down Your Responses