Powered by Blogger.
वार्ताको वातावरण बनाउन प्रधानमन्त्रीलाई प्रचण्ड-बाबुरामको आग्रह

१७ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरुले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर आन्दोलरत पक्षसाग भएको अनौपचारिक सम्वादबारे जानकारी गराएका छन् ।

एमाओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टराईले बिहीबार बिहान प्रधानमन्त्रीलाई भेटेका हुन् । भेटमा थारु, मधेसी जनजाति लगायतका जायज मागलाई सम्बोधन गरेर वार्ताको वातावरण बनाउन आग्रह गरिएको एमाओवादी नेता डा. बाबुराम भट्टराईले जानकारी दिए ।

जवाफमा प्रधानमन्त्री कोइरालाले आजै वार्ताको वातावरण बनाउने आश्वासन दिएका छन् ।


, ,

0 comments

Write Down Your Responses