आङकाजी शेर्पा पक्राउमा परे
संघीय समाजवादी फोरमका नेतासमेत रहेका शेर्पालाई महानगरीय अपराध महाशाखाको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो ।
अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले उछृंखल अभिव्यक्ति दिँदै हिँडेकाले शेर्पालाई पक्राउ गरिएको जानकारी दिए ।
शेर्पाले पछिल्लो समय सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा जातीय सद्भाव खल्बलिने खालका अभिव्यक्ति दिँदै हिँडेपछि उनीमाथि प्रहरीले निगरानी गरिरहेको थियो ।
0 comments
Write Down Your Responses