हात्तीवनमा एमाले र एमाओवादीवीच वार्ता
एमाओवादी भन्छ-वार्ता, एमाले भन्छ-संविधान
१७ भदौ, काठमाडौं । विद्यमान राजनीतिक संकट समाधानको उपाय खोज्न नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुवीच विहीबार वार्ता भएको छ ।ललितपुरको हात्तीवनस्थित एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको निवासमा भएको दुईपक्षीय छलफलमा आन्दोलनकारीसँग सहमति गर्ने कि संविधानसभाको प्रक्रियालाई नरोकी अघि बढ्ने भन्ने विषयमा छलफल भएको एक नेताले बताए ।
‘थारु लगायत जनजातिका मागलाई संवोधन गरेर मात्रै संविधान जारी गर्नुपर्छ भन्ने एमाओवादीका नेताहरुको धारणा थियो,’ स्रोतले भन्यो, ‘तर, एमालेका नेताहरुको चाँहि अहिलेको प्रक्रियाबाटै संविधान घोषणा गर्न खासै अवरोध नहुने विश्लेषण गरेका थिए ।’
छलफलमा एमाले नेताहरुले नेपाली कांग्रेस सत्ता लम्ब्याउने खेलमा लाग्न थालेको आशंका व्यक्त गरेका थिए ।
यसैवीच विहीबार दिउँसो ३ कांग्रेस, एमाले र एमाओवादीसहित तीन दलको बैठक बस्ने सहमति भएको बताइएको छ । साथै विजयकुमार गच्छदारसँग पनि छलफल गर्ने एमाले र एमाओवादीका नेताहरुले सहमति गरेका छन् ।
0 comments
Write Down Your Responses