Powered by Blogger.
गाैरमा एक दर्जन एमाओवादी कार्यकर्ता पक्राउ

दंगा ग्रस्त क्षेत्र घोषणाको फिर्ता माग गर्दै प्रर्दशन

रौतहट, १७ भाद्र । दंगाग्रस्त क्षेत्र खारेज गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका एमाओवादी नेता कार्यकर्तालाई रौतहट प्रहरीले गौरबाट नियन्त्रणमा लिएको छ ।
निषेधाज्ञा तोडेर जबर्जस्ती नगरक्षेत्र भित्र प्रवेश गर्न खोजेपछि मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल ९क्रान्तिकारी० का केन्द्रीय उपाध्यक्ष उपेन्द्र साहसहित राजेश साह, सुनिल साह र जयप्रकाश कौशललाई पक्राउ गरेको प्रहरी निरिक्षक रामप्रकाश चौधरीले बताए ।
भदौ ७ गते गौरको विभिन्न स्थानमा भएको झडपपछि कैलालीसँगै रौतहटलाई पनि सरकारले दंगाग्रस्त क्षेत्र घोषणा गरेको थियो । तर रौतहटमा दंगाग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने परिस्थिति नै नभएको भन्दै एमाओवादीले त्यसलाई खारेज गर्न माग गर्दै आएको छ ।
दंगाग्रस्त क्षेत्र घोषणा गरेर स्थानीयलाई आतंकित पारेको भन्दै एमाओवादी नेता कार्यकर्ताहरुले विहीबार गौर नगरपालिका १० सबगढहाबाट जुलुस निकालेका थिए । जुलुसमा सहभागीहरुले दंगाग्रस्त क्षेत्र घोषणा खारेज गर्नुपर्ने, सेनालाई तुरुन्त फिर्ता बोलाउनु पर्ने र मधेशको माग सम्बोधन हुनुपर्ने नारा लगाएका थिए ।
जुलुस गौर ७ मा आइपुग्दा प्रहरीले रोकेको थियो । गौर नगर क्षेत्र भित्र प्रदर्शन गर्न खोजेको सो जुलुसलाई सुरक्षाकर्मीले गढवा, नयाँ बसपार्क भन्दा अगाडि बढन दिएन ।
मधेसी जनआन्दोलन समितिको आयोजनामा मधेसी राष्ट्रीय मुक्ति मोर्चा नेपाल ९क्रान्तिकारी० ले निकालेको जुलुस प्रहरी हस्तक्षेप पछि रोकिएको थियो । पूर्वनिर्धारित कार्यक्रमअनुसार आफूहरुले शान्तिपूर्ण जुलुस गर्दा प्रहरीले बल प्रयोग गरेर आफूहरुलाई पक्राउ गरेको मोर्चाका केन्द्रीय उपाध्यक्ष उपेन्द्र साहले बताए ।


,

0 comments

Write Down Your Responses