Powered by Blogger.
कृषि सहकारी संघको जिल्ला अधिवेशन उदघाटन

कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड 

राजन परीयार 
सिन्धुली, २१ भाद्र । जिल्ला कृषि सहकारी संघ लि. सिन्धुलीको तेश्रो वार्षिक साधारणसभा तथा प्रथम जिल्ला अधिवेशन आज एक समारोह वीच सिन्धुलीमाढीमा उदघाटन भएको छ । 
सम्मेलनको उदघाटन शत्रमा शुभकामना मनतव्य राख्दै विशेष अतिथी तथा अतिथीहरुले कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिनुपर्ने धारणा राखेका छन । 
उदघाटन शत्रमा सहभागी अतिथिहरू ।
जिल्ला सहकारी संघ सिन्धुलीका अध्यक्ष कृष्णराज केसीको विशेष आतिथ्यतामा सम्पनन् उदघाटन सत्रमा नेपाल शिक्षक महासंघकी केन्द्रिय सदस्य सविता कोइराला, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य टोमप्रसाद काफ्ले, बचत तथा ऋण सहकारी संघ सिन्धुलीकी अध्यक्ष बालकुमारी श्रेष्ठ, जनजाती महासंघ सिन्धुलीका अध्यक्ष मिन बहादुर श्रेष्ठ, उपभोक्ता सहकारी संघका अध्यक्ष नबराज कोइराला लगायतले जिल्ला अधिवेशन र साधारणसभा सफलताको शुभकामना दिर्दै कृषि सहकारी संघलाई व्यस्थित बनाउँदै लानुपर्ने र यसमार्फत कृषिमा आधुनिकीकरण र व्यवसायीकरणका लागी सरकारलाई दवाब दिनुपर्ने धारणा व्यक्त गरेका थिए । 
राष्टिय गान गाउँदै अतिथिहरू 
संघका अध्यक्ष रामबहादुर विकको अध्यक्षतामा सम्पनन् उदघाटन सत्रमा जिल्लाका उत्कृष्ट कृषकहरुलाई सम्मान समेत गरिएको थियो । संघले कृषकहरू मिन बहादुर श्रेष्ठ, देवी प्रसाद फुयाल, देविका काफ्ले, सुकुमायाँ तामाङ्गलाई उत्कृष्ट कृषकको रुपमा सम्मान तथा प्रशसा पत्र प्रदान गरेको छ । 
त्यस्तै संघले राष्ट्रिय बाणिज्य वैकंका हिरा सुनार र विजय किल्ला अनलाइनका अध्यक्ष तथा प्रधान सम्पादक बुद्धकुमार आछामीलाई पनि प्रसशा पत्र प्रदान गर्दै  सम्मान गरेको छ । 
संघका उपाध्यक्ष कृष्ण कुमार श्रेष्ठको स्वागत मनतव्यमा सम्पनन् उदघाटन सत्रमा विभिन्न् क्षेत्रका सहकारीकर्मी , विभिनन् कार्यालय प्रमुख तथा पत्रकारहरुको सहभागीता रहेको थियो भने अध्यक्ष राम बहादुर विकले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । 
प्रसशा पत्र लिदै कनपा ११ की मेहनती कृषक देविका काफ्ले ।
२०६९ सालमा दर्ता गरिएको कृषि सहकारीमा हाल जिल्ला भरिका ३० वटा कृषि सहकारीहरु सदस्यको रुपमा आबद्ध भएका छन । झण्डै १३० भन्दा बढी कृषि सहकारीहरु दर्ता भएका भएपनि क्रियाशिल कृषि सहकारीको संख्या भने असाध्यै न्यून रहेको छ । अनुदान लिनका लागी मात्र कृषि सहकारी दर्ता गर्ने र झोलामा सहकारी राख्ने प्रवृत्ति पछिल्लो समय जिल्लामा बढ्दै गएको छ । यसलाई नियन्त्रण गर्दै जिल्ला भरिको कृषि सहकारीहरुको आन्तरिक सुद्धिकरण गर्दै कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण गर्न महत्वपूर्ण भुमीका निर्वाह  गर्ने संस्थाको रुपमा कृषि सहकारीलाई विकास गर्न जरुरी देखिन्छ । 
प्रसशा पत्र लिदै कृषि सहकारी बैकं शाखा सिन्धुलीका प्रबन्धक हिरा सुनार 
अधिवेशनकाे बन्द सत्र भने चलिरहेकाे छ । साझँ सम्म नयाँ कार्य समिति चयन हुने जनाइएकाे छ । अधिवेशनमा अायाेजक सहित झन्डै ४० जना प्रतिनिधीहरूकाे सहभागीता रहेकाे छ । 
प्रसशा पत्र लिदै जलकन्याका कृषक देवी प्रसाद फुयाल 

प्रसशा पत्र लिदै दुधाैलीकी मेहनती कृषक सुकुमायाँ तामागं
प्रसशा पत्र लिदै बिजयकिल्ला डटकमका अध्यक्ष तथा प्रधान सम्पादक ठुलाेकान्छाे सार्की 









,

0 comments

Write Down Your Responses