Powered by Blogger.
जनकपुर तनावग्रस्त, पार्टी कार्यालयमा आगजनी

प्रहरीद्वारा अश्रुग्यास र हवाइ फायर
२१ भदौ, धनुषा । मधेसी मोर्चाका कार्यकर्ताहरुको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले जनकपुरमा हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र केही राउण्ड हवाई फायर गरेको हो ।

प्रदेश सीमांकनको विरोधमा आन्दोलनरत मोर्चाका कार्यकर्ताहरुले पिडरिया माइस्थानस्थित कांग्रेस जिल्ला कार्यालयमा आगजनी गरेका थिए भने एमाले कार्यालयमा तोडफोडको प्रयास गरेका थिए ।
रामचोकमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । अहिले जनकपुरको अवस्था तनावग्रस्त छ । मोर्चाका कार्यकर्ताहरुले जनकपुरमा लाठीसहित प्रदर्शन समेत गरेका थिए ।
यसैबीच महोत्तरीको गौशालामा प्रदर्शनकारीले प्रहरी विटमा आगजनी गरेका छन् ।


,

0 comments

Write Down Your Responses