Powered by Blogger.
कृषि सहकारी संघको अध्यक्षमा बिक चयन

सिन्धुली, २१ भाद्र । कृषि सहकारी संघ लि.सिन्धुलीको आज सम्पनन् तेश्रो साधारणसभा तथा पहिलो जिल्ला सम्मेलनले पुन रामबहादुर विकको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समितिको चयन गरेको छ । 

नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ, सचिबमा उर्मिला राई, कोषाध्यक्षमा राजेन्द्र कुमार राई र सदस्यहरुमा कुमारी उर्मीला श्रेष्ठ, दिलमायाँ विश्वकर्मा, निरबहादुर तामाङ्ग रहेका छन । 
त्यस्तै सम्मेलनको बन्दसत्रले टुक्त बहादुर पुलामीको संयोजकत्वमा गोकर्ण सुवेदी र भद्रिमायाँ मगर सदस्य रहेको लेखा समितिको चयन गरेको छ । सम्मेलनले सुर्य बहादुर पाख्रीन संयोजक रहेको ५ सदस्यीय सल्लाहकार समितिको समेत चयन गरेको छ ।




0 comments

Write Down Your Responses