Powered by Blogger.
सिन्धुली अस्पताल भित्र डाक्टरले यसरी गरे दलाली

बिजयकिल्ला ब्यूरो 
सिन्धुली, २३ भाद्र । राम्रो भन्दा नराम्रो गतिविधीका कारण पटक–पटक चर्चामा आइरहने  सिन्धुली जिल्ला अस्पताल र सिङ्गो जिल्लाको स्वास्थ्य क्षेत्रको अवस्था भद्रगोल नै छ । 

सरकारी तथा गैरसरकारी क्षेत्रको सवैभन्दा ठुलो लगानी रहेको स्वास्थ्य क्षेत्र र शिक्षा क्षेत्रको बेतिथीका कुरा विभिनन् सञ्चार माध्यम र समाजमा पटक–पटक उठिरहने गरेका छन । प्रभावकारी निती हुन नसक्दा शिक्षा र स्वास्थ्य क्षेत्र झन–झन भयावह बन्दै गएको छ भने वर्तमान नितीको प्रभावकारी कार्यान्यवन गर्न नसक्ने सक्षम नेतृत्व र मौकामा चौका हान्न पल्केका सिमित कामचोर र भ्रष्ट कर्मचारीहरुका कारण झन झन बिग्रदो र बदनाम हुने अवस्थामा पुगेका छन मानवीय सेवामा क्रियाशिल सरकारी निकायहरु समेत । 

हिजो मात्र ‘निजामति सेवाको सपना, समृद्ध नेपालको रचना’ भन्ने मुल नाराका साथ देशभर निजामति सेवा दिवस–२०७२ सम्पनन् भएको छ । समृद्ध नेपाल निर्माणमा महत्वपूर्ण भुमीका निर्वाह गर्ने सपना बोकेर उत्साहका साथ मनाइएको निजामति सेवा दिवस माथी नै प्रश्न चिन्ह खडा हुने गरी कर्मचारीहरुले नै गतिविधीहरु गरिरहेको र दैनीक अख्तीयार दुरुपयोग अनुसन्धान अयोगको फन्दामा कर्मचारीहरु पर्दै गएको तथ्यलाई लुकाउन सक्ने अवस्था छैन ।

सिन्धुली जिल्ला अस्पताल पटक–पटक चर्चामा आइरहने सरकारी निकाय हो । मानव जिवनको महत्वपूर्ण पक्षसँग जोडिएर गतिविधीहरु सञ्चालन गर्ने भएका कारण पनि सवैभन्दा बढी चर्चामा आउनु स्वभाविक पनि हो । अस्पतालको गम्भीरता र प्रभावकारीताको बारेमा चर्चा हुनु खासै नौलो विषय पनि होइन । 
समस्याको उठान समाधानका लागी हुन्छ र जहाँ समस्या हुन्छ त्यहाँ समाधान पनि हुन्छ । फगत समस्याको उठान चर्चा र हल्लाको लागी मात्र होइन । तर विडम्बना विगत केहि वर्षदेखी निरन्तर जिल्लाको स्वास्थ्य क्षेत्र र जिल्ला अस्पतालको समस्याहरु उठान कुनै न कुनै रुपमा भइरहेको भएपनि ती समस्याहरुको स्थायी समाधान र न्यूनिकरण हुन सकेको अवस्था भने देखिएको छैन । 
कहिले हाकिमकै यौन दुरव्यवाहार काण्ड त कहिले निशुल्क औषधीको व्यापारको विषयले चर्चामा रहेको सिन्धुली जिल्ला अस्पताल पछिल्लो समय कार्यालय भित्रकै केहि डाक्टर र स्वास्थ्यकर्मीका कारण चर्चा र विवादमा तानिएको छ । यतिवेला सिन्धुली जिल्ला अस्पतालका डा.अभिताभ ठाकुर र गर्भपतको केश निक्कै चर्चाको विषय बनेको छ भने बिना इजाजत पत्र क्लीनीक सञ्चालन गरेर अबोध विरामीको भविष्य माथि खेलवाड गर्ने एन्जल क्लीनीक प्रा.ली.पनि चर्चामै छ । 

डा.अभिताभ ठाकुर र गर्भपतन

गत भाद्र ६ गते भद्रकाली गाविसकी एक ४५ वर्षिय महिला अन्चिछित गर्भरहेका कारण श्रीमान सहित गर्भपतनका लागी सिन्धुली जिल्ला अस्पताल पुगिन । उनको चेकजाँच डा.अभिताभ ठाकुरले गरे । उनले गर्भ रहेको र गर्भपतनका लागी भने केहि खर्च लाग्ने बताए । उनले अस्पतालमानै गर्भपतन सेवा दिन सकिन्छ भन्ने कुरा पिडितलाई जानकारी त गराए तर अस्पताल भित्र गराउँदा सक्सेन हुन नसक्ने बताइदिए । विरामी र विरामीका आफ्न्त डाक्टरकै यस्तो कुरा सुनेपछि क्लीनीकमै भएपनि गर्भपतन गराउन तयार भए । सुरुमा डा.अभिताभले ५ हजार रुपैयाँको माग गरे । बार्गेनिङ्ग गर्दागर्दै अन्तिममा २५ सयँमा कुरा मिल्यो । मुल्य फिक्स भएपछि डाक्टरले एन्जल क्लीनीक प्रा.लि.मा गएर बस्दै गर्नु म आउँछु भनेर पठाएको । सहमति २५ सयँमा भएको भएपनि एन्जल क्लीनीकले ३३ सय रुपैयाँ लिएको । 
जन गर्भपतको काम सकियो पीडितहरु औषधी लिएर घर फर्किए । तर औषधी खाईसक्दा पनि समस्याको समाधान हुन सकेन । त्यसपछि पुन उपचारका लागी २०७२ भाद्र २० गते सिन्धुली जिल्ला अस्पताल पुगेको । अस्पतालमा पुगेर अल्टा«साउन्ड गरेर हेर्दा समस्या जस्ताको तस्तै रहेको । डाक्टर अभिताभसँग यस विषयमा कुराकानी गर्दा मौन रहेको । पिडितका आफ्नो विरामीको भविष्यमाथि खेलवाड गरेको भन्दै आक्रोशीत बनेपछि डा.अभिताभको निर्देशनमा एन्जल क्लीनीक प्रा.लि.ले ३ हजार रुपैयाँ फिर्ता दिएको । पुन अस्पतालमा नै सेवा लिएर २ दिनको अस्पताल बसाई पछि विरामी घर फर्किएको ।(पिडितका आफ्न्त कर्ण लामासँगको कुराकानीमा आधारीत) 
बिरामीका आफ्न्तको भनाईले प्रष्ट देखाइरहेको छ की अस्पतालका डाक्टर अभिताप ठाकुरले कसरी व्यापार गरिरहेका छन । हुनत डा.अभिताभ लाखौं रकम खर्च गरेर डाक्टर पढेका योग्य मान्छे हुन । तर उनले देखाएको ब्यवाहार र उनले विरामीका आफ्न्तसँग रकममा गरेको दलाली सामान्य मान्छेको भन्दा तुच्छ खालको छ । 
अस्पताल भित्रका जिम्मेवार व्यक्तिहरुकै नियत कस्तो रहेछ भन्ने कुरा यो घटनाले पुष्टि गरिदिएको छ । डा.अभिताभ त योग्य डाक्टर हुन उनी सिन्धुली छोडेर जालान या आउँदा दिनमा आफ्ना गतिविधीलाई सुधार गर्लान तर जिल्ला अस्पताल भित्र चलेको यो नियती र प्रवृत्तिको अन्त्य जरुरी छ । यसतर्फ सम्बन्धीत निकायले बेलैमा ध्यान पुयाउने हो की ? 


, ,

0 comments

Write Down Your Responses