Powered by Blogger.
शिक्षक र शिक्षा कार्यालयले छुट्टा छुट्टै मनाए शिक्षा दिवस

बुद्धकुमार आछामी
सिन्धुली, २२ भाद्र । ‘दिगो विकासका लागी गुणस्तरिय शिक्षा, सबैको लागी सुरक्षित शिक्षण संस्था’ भन्ने मुल नाराका साथ आज देशभर मनाइएको ३६ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस सिन्धुलीमाढीमा पनि शिक्षक र शिक्षा कार्यालयले छुट्टा छुट्टै औपचारिक कार्यक्रमको आयोजना गरेर मनाएका छन । 

अघिल्ला वर्षहरुमा शिक्षा कार्यालयले आयोजना गरेको शिक्षा दिवसमा शिक्षा कार्यालयको प्रसशा गर्न पुग्ने शिक्षक संगठनहरुले यसवर्ष भने शिक्षा कार्यालय र सरकारको बिरोध गर्दै शिक्षा दिवस मनाएका छन । त्यस्तै विगतका वर्षहरुमा निक्कै तामझामका साथ शिक्षा दिवस मनाउने शिक्षा कार्यालय निजी विद्यालयका शिक्षक र विद्यार्थीहरु जम्मा पारेर कार्यक्रम गर्दै शिक्षा दिवसको औपचारिकता पुरा गर्न बाध्य भएको छ । 
शिक्षा दिवसकै अवसर पारेर सम्पूण शिक्षकहरुको छाता संस्था नेपाल शिक्षक महासंघ सिन्धुलीले मङ्गलबार नमुना उच्च मावि गौमतीमा शिक्षकको पेशागत र शैक्षिक सवालमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो भने जिल्ला शिक्षा कार्यालय सिन्धुलीले कमला उच्च माध्यमिक विद्यालयको सभाहलमा औपचारिक समारोहको आयोजना गरेको थियो । 
शिक्षक महासंघले अायाेजना गरेकाे अन्तरक्रियामा सहभागीहरू । 
जिल्ला शिक्षा कार्यालय सिन्धुलीले आयोजना गरेको शिक्षा दिवस समारोहमा जिल्ला शिक्षा समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी प्रदिप कुमार निरौला, सहायक प्रमुख जिल्ला अधिकारी बासु प्रसाद काफ्ले, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सिन्धुलीका प्रमुख विमल घिमिरे लगायत केही सरकारी कार्यालयका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो भने शिक्षकका कुनै पनि पेशागत संघ संगठनका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहेको थिएन । कार्यक्रममा अधिकाश निजी विद्यालयका शिक्षक र विद्यार्थीहरुको सहभागीता रहेको थियो । समारोहकै अवसरमा जिल्ला शिक्षा कार्यालय सिन्धुलीले गत वर्षको एसएलसी परीक्षामा सर्वोकृष्ट अंक ल्याउने विद्यार्थी, सत प्रतिसत विद्यार्थी उर्तिण गराउने विद्यालयलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेको थियो । 
शिक्षा कार्यालयले अायाेजना गरेकाे कार्यक्रममा सहभागीहरू ।
उता शिक्षक महासंघ नेपाल सिन्धुलीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राजनैतिक पार्टीका नेता, शिक्षक नेता, विद्यार्थी नेता, प्राध्यापक तथा पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । 
नेपाल शिक्षक महासंघका सिन्धुलीका अध्यक्ष लेख बहादुर बस्नेतको अध्यक्षतामा सम्पनन् अन्तरक्रिया कार्यक्रममा बोल्दै शिक्षक महासंघकी केन्द्रीय सदस्य सविता कोइरालाले सरकारले आफुहरुको मागलाई वेवास्ता गरेमा कडा आन्दोलनमा जान बाध्य हुने बताइन । 

अन्तरक्रिया कार्यक्रममा नेपाली काग्रेसका खड्ग वाईवा, नेकपा(एमाले)का प्रलाद पोखरेल, एकीकृत माओवादीका ज्वाला प्रसाद न्यौपाने, बैद्य माओवादीका जिल्ला नेता हरि बस्नेत, नेपाल शिक्षक संघका प्रेम भट्टराई, नेपाल राष्ट्रिय शिक्षक संगठनका टीका देवकोटा, एकीकृत अखिल नेपाल शिक्षक संगठनका सन्तोष श्रेष्ठ, उच्च माध्यमिक शिक्षक एशोसिएसनका हरी पोखरेल लगायतले आफ्ना धारणाहरु राखेका थिए ।  धारणा राख्दै उनीहरुले शिक्षक र शिक्षा क्षेत्रका समस्याहरुलाई उचित ढंगले सरकारले सम्बोधन गरीनुपर्ने र शिक्षालाई गुणस्तरिय र व्यवाहारीक बनाउन शिक्षा नितीमा नै परिवर्तन गर्नुपर्ने कुरामा जोड दिएका थिए । 
विगतका वर्षहरुमा सयुक्त र निक्कै तामाझामका साथ मनाउँदै आइएको शिक्षा दिवस यस वर्ष छुट्टाछुट्टै मनाउँदा सर्वसाधरण अभिभावक भने अन्यौलमा परेका छन । शिक्षा कार्यालयले औपचारिकता पुरा गर्नका लागी शिक्षा दिवस मनाएको छ भने शिक्षकहरुले आफ्नो पेशागत र शैक्षिक मुद्धाको आन्दोलनलाई थप सर्मथन जुटाउने उदेश्यका साथ शिक्षा दिवस मनाएका छन । 


,

0 comments

Write Down Your Responses