Powered by Blogger.
मेस्सीको गोलले हारबाट जोगियो अर्जेन्टिना

२३ भदौ, काठमाडौं । खेलको अन्तिमतिर सर्जिओ एग्युरो र लिओनल मेस्सीले गोल गरेपछि अर्जेन्टिना मेक्सिकोसँगको मैत्रिपूर्ण फुटबलमा हारबाट जोगिएको छ ।

डालसमा भएको खेलमा २-० ले पछि परेको अर्जेन्टिनाले अन्तिमतिर पुनरागमन गर्दै बराबरी खेलेका हो ।
खेलमा मेक्सिकोको १९ औं हर्नान्डेजको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । ७० औं मिनेटमा हरेराले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर पारे ।
७६ औं मिनेटमा कार्लोस टेभेजको स्थानमा सर्जिओ एग्युरो मैदान प्रवेश गरे । ८५ औं मिनेटमा एग्युरोले गोल गरे । निकै अघि बढेका मेक्सिकोका गोल किपरलाई विट गर्दै लाभाजीले दिएको पासमा उनले गोल गरेका हुन् ।
खेलको ८९ औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई हारबाट बचाए । एग्युरोको पासमा उनले गोल गरेका हुन् ।


0 comments

Write Down Your Responses