चार्लटनको रेकर्ड तोड्दै रुनी बने सर्वाधिक गोलकर्ता
२३ भदौ, काठमाडौं । सर बोबी चार्लटनको रेकर्ड तोड्दै वायन रुनी इंग्ल्याण्डका सर्बाधिक गोलकर्ता बनेका छन् ।
सन मारिनोविरुद्धको खेलमा पेनाल्टी गोल गर्दै रुनीले चार्लटनको ४९ गोलको कीर्तिमान भेट्टाएका थिए ।
चार्लटनको रेकर्ड तोडेपछि २९ वर्षीय स्ट्राइकर रुनीले सपना पुरा भएको प्रतिक्रिया दिएका छन् ।
रुनीले मासेडोनियाविरुद्ध २००३ मा इंग्ल्याण्डका लागि पहिलो गोल गरेका थिए । १२ वर्षमा ५० गोल गर्दै उनी इंग्ल्याण्डका सर्वाधिक गोलकर्ता बनेका छन् ।
0 comments
Write Down Your Responses