तीजकाे रमझमसँगै बजारमा सामान किन्नेकाे भीड
लक्ष्मी थापा
सिन्धुली, २३ भाद्र । नेपाली नारिहरुको माहान पर्ब हरितालिका तिजको रमझम आएसंगसंगै अहिले बजारमा समान किन्नेहरुको निकैनै चहलपहल देख्न सकिन्छ । विशेष गरेर तिजमा अरुभन्दा आफु राम्री बन्नका लागी आवश्यक पर्ने सामान हरु छान्नमा ब्यस्त देखिन्छन ।
तिज नजिकिए सँगै महिला दिदिबहिनिहरु अहिले कपडा पसलमा राम्रा राम्रा साडि छान्ने, त्यस्तै फेन्सी पसलमा चुरा , पोते , धागो , चप्पल श्रृङगारको सामान , किन्ने लगाएत गहनाको लागी सुन पसलहरुमा अर्डर दिनेहरु पनि बाक्लै पाईने गर्दछन ।
तिजको सामान खरिदको लागी जिल्लाका टाढाटाढाका गाँउबाट सदरमुकाम सम्म आएर सामान किन्नेहरुको अहिले बजारमा भिडभाड देखिएता पनि पोहोर सालको तुलनामा पछिल्लो समयमा भारी बर्षा हुनुको साथै लगातार लामो समयदेखि तराई बन्दले गर्दा नया समानहरु ल्याउन नपाएकाले पुरानै सामान बेच्न बाध्य भएको हुदा यस बर्ष आफुहरुको आम्दानी कम हुने बताउछन ब्यबसायिहरु ।
समयमै तराई बन्द नखुल्दा सामान सकिएपछि लिन जान नपाउदा आफुहरुले पसलै बन्द गरेर बस्नु परेको बताउछन सुनचादि ब्यबसायि संघका अध्यक्ष्य नरेन्द्र विश्वकर्मा । तर जेजस्तै भएपनि तिजको अवसरमा श्रृङगार समाग्रीबाट दैनिक पचास/ साठी हजार सम्म आफुले आम्दानी गरिरहेको बताउछन अर्का ब्यवसायि रेवन कुमार श्रेष्ठ ।
त्यस्तै गत बर्ष तुलनामा यसपाली कपडा बाट फाईदा नभएको बताउछन व्यवसायिहरु । सामानहरु किन्दा व्यवसायीहरुले महङगो पैसा लिने गरेकोर कुुनैपनि सामानमा छुट नदिएकोमा ग्राहकहरुको गुनासो पनि आउन थालेको छ । तर आफुहरुले ग्राहकहरुलाई प्रत्येक सामानमा पाँच देखि दश प्रतिशत सम्म छुट दिएको ब्यबसायिहरु बताउछन ।
सिन्धुलीमा हरेक चाडबाडको दुईचार दिन अगाडिमात्र बढि खरिदबिक्रि हुने भएकाले यसपालीको तिजमा पनि राम्रो कारोबार हुने बताउछन , उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष्य विनेश कुमार श्रेष्ठ । बजारमा चाडबाडको नाममा सामानमा चर्को महङगी गर्ने ब्यवसायि हरुलाई छानविन गरेर कडा कारबाहि गर्ने पनि उनले बताए ।
0 comments
Write Down Your Responses