Powered by Blogger.
एनटिसीको रिचार्ज कार्ड कोर्दा नम्बर मेटिए के गर्ने ?

बिग्रेको कार्ड लिएर दैनिक २ सय जना पुल्चोक पुग्छन्

काठमाडाैं, २४ असाेज । केही समययतादेखि नेपाल टेलिकमको रिचार्ज कार्ड कोर्दा पिन नम्बर मेटिने समस्या बढेको छ। सिक्काले कोर्दा समेत नम्बर मेटिने समस्या देखिएपछि अहिले नेपाल टेलिकमका कार्यालयमा गुनासो गर्ने र रिचार्ड कार्ड साट्नेको घुइँचो बढ्न थालेको छ। 


ललितपुरको पुल्चोकमा रहेको नेपाल टेलिकमको कार्यालयमा  रिचार्ड कार्ड साट्नको लागि दैनिक २ सय भन्दा धेरै मानिस आइपुग्ने गरेका छन्। काठमाडौं उपत्यकाको पुल्चोकमा मात्रै यो रिचार्ज कार्ड साट्ने सेवा उपलब्ध छ।

रिचार्ज कार्ड कोर्दा नम्बर पनि मेटिए त्यस्तो कार्ड लिएर नेपाल टेलिकमको विभिन्न स्थानमा रहेको क्षेत्रीय कार्यालयमा जानुपर्दछ। तर नेपाल टेलिकमका जहाँतही रहेका कार्यालयमा भने यो सेवा उपलब्ध छैन। यस्तो नम्बर समेत मेटिएको कार्ड लगेर नेपाल टेलिकमको तोकिएको कार्यालय पुगेमा कार्यालयले त्यो कार्डको मूल्य बराबरको अर्काे कार्ड उपलब्ध गराउने गरेको छ। 

नेपालभरमा छ, वटा स्थानमा मात्रै यो सेवा उपलब्ध छ। सुदुरपश्चिमको धनगढी, मध्यपश्चिमाञ्चलको नेपालगञ्ज, पश्चिमाञ्चलको भैरहवा, बिरगञ्ज क्षेत्रीय निर्देशनालय र पुर्वाञ्चलको बिराटनगरमा यो सुविधा उपलब्ध रहेको नेपाल टेलिकमले जनाएको छ।  

 काठमाडौंसहित नेपाल टेलिकमका ६ वटा निर्देशनालयमा मात्रै यो सेवा उपलब्ध रहेको पुल्चोकको ग्राहक सेवा केन्द्रका इन्चार्ज राजेन्द्र भट्टले जानकारी दिए। उनले केहि समययतादेखि रिचार्ज कार्ड कोर्दा नम्बर समेत मेटिने समस्या बढ्दै गएको र रिचार्ड कार्ड साट्न आउनेको संख्या ह्वात्तै बढेको स्वीकार गरे। रिचार्ज कार्ड कोर्दा नम्बर मेटिएमा यस्ता कार्ड लिएर नेपाल टेलिकमको क्षेत्रीय निर्देशनालयमा आउन भट्टले सेवाग्राहीलाई  आग्रह गर्छन्। 

रिचार्ज कार्ड कोर्दा नम्बर मेटिनेमा समस्या देखिएपछि अहिले यस विषयमा नेपाल टेलिकममा बारम्बार छलफल हुने गरेको भएपनि निर्णय भने हुन सकेको छैन। भारतमा छापिने यी रिचार्ज कार्ड अहिले गुणस्तरहीन रहेको स्वयः टेलिकमका कर्मचारीहरु बताउँछन्।

छ वटा निर्देशनालयमा यस्ता कार्ड पुगेर केही बितरण समेत भइसकेका छन्। जसका कारण देशैभरका ग्राहकहरुले यस्ता समस्या भोग्नु परेको छ। 
स्रोतका अनुसार बजारमा बितरण हुन बाँकि रहेका कार्डहरु ६ वटा निर्देशनालयबाट फिर्ता ल्याउनुपर्ने नेपाल टेलिकमका केही उच्च अधिकारीले आवाज उठाउँदै आए पनि आधिकारिक रुपमा भने कार्ड फिर्ता ल्याउने विषयमा कुनै निर्णय हुन सकेको छैन। 

रिचार्ज कार्ड कोर्दा नम्बर मेटिने समस्या बढ्दै गएको बेलामा सँगसँगै कोरिएको रिचार्ज कार्डबाट रिचार्ज नहुने समस्या पनि बढ्दै गएको छ। कोरिएको कार्ड समेत रिचार्ज गर्न खोज्दा पटक पटक ‘योर भउचर इज रङ’ जस्ता गलत सन्देश देखिन थालेका छन्। कैयन पटक प्रयास गर्दा मात्रै रिचार्ज सफल हुन्छ । 
ग्राहक सेवा केन्द्रका इन्चार्ज भट्टले रिचार्ज तत्काल नभएको भन्दै  अहिले पुल्चोक कार्यालयमा गुनासो सुनाउन आउने मानिसहरुको संख्यामा समेत बढोत्तरी भएको बताउँछन् । 

उनका अनुसार करिब १ वर्ष यतादेखि नेपाल टेलिकमको नेटवर्क सिस्टम चलाउने जिम्मा चाइनाको हुवावे कम्पनीले पाएको छ। यो कम्पनीले जिम्मा लिएको एक वर्षसम्ममा कैयन पटक सम्म तत्काल रिचार्ज नहुने समस्या देखिएको चाइनाको हुवावे कम्पनीले पाएको छ। यो कम्पनीले जिम्मा लिएको एक वर्षसम्ममा कैयन पटकसम्म तत्काल रिचार्ज नहुने समस्या देखिएको छ।

यसअघि भने चीनकै जेटिइ कम्पनीले नेपाल टेलिकमको नेटवर्क सिस्टम हेर्दै आएको थियो। जेटिईले सर्भिस सञ्चालन गर्दा पनि गुणस्तर त्यति राम्रो भने थिएन।  तर अहिले सिस्टममा विभिन्न समस्या देखिएका कारण तत्काल रिचार्ज नहुने जस्ता समस्या बढ्दै गएको नेपाल टेलिकमका कर्मचारीहरुको भनाई छ।  


,

0 comments

Write Down Your Responses