Powered by Blogger.
संविधानसभाका ८ बर्षमा ५ कम्युनिष्ट प्रधानमन्त्री



काठामाडौं – पहिलो र दोस्रो संविधानसभाबाट पछिल्लो ८ बर्षमा देशमा पाँच कम्युनिष्ट प्रधानमन्त्री बनेका छन् । पछिल्लो पटक काग्रेस सभापति सुशील कोइरालालाई हराएर एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा चयन भएपछि संविधानसभाबाट प्रधानमन्त्री बन्ने हुने पाँचौ कम्युनिष्ट प्रधानमन्त्री बनेका हुन् । यद्यपी असोज ३ गते संविधान जारी भएपछि संविधानसभा स्वत विघटन भएको भएपनि हाल कायम व्यवस्थापिका संसद संविधानसभाको रुपान्तरित रुप हो ।

संविधानसभाले चुनेका कम्युनिष्ट प्रधानमन्त्री


१ – पुष्पकमल दाहाल प्रचण्ड

२०६४ चैत्रमा भएको संविधानसभाको चुनावमा एकीकृत माअ‍ोवादी पहलिो दल बन्यो । एकीकृत माओवादीले एमाले र मधेशवादी दलहरुलाई समेटेर प्रचण्डको नेतृत्वमा सरकार गठन गरेको थियो । एमाले तेस्रो दल थियो भने काग्रेस दोस्रो दल । काग्रेस प्रतिपक्षमा बस्यो । तत्कालीन सेनापति प्रकरणमा तनाव बढेपछि प्रचण्डले नौ महिनामै राजीनामा गरे । संविधानसभाबाट प्रधानमन्त्री बन्ने प्रचण्ड पहिलो कम्युनिष्ट प्रधानमन्त्री भए ।

२ – माधवकुमार नेपाल

प्रचण्डले नौ महिनामै राजीनामा गरेपछि दोस्रो दल काग्रेससहितका साना दलको समर्थनमा एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री भए । एमालेलाई समर्थन गरेर दोस्रो दल सरकारमा सहभागी भएपछि आफ्नो नेतृत्वमा सरकार बनाउने काग्रेस योजना सफल भएन । माधव नेपालले १७ महिना सरकार चलाए । विपक्षी आन्दोलन र आफ्नै पार्टीभित्रको विवादले उनी राजीनामा गरेका थिए । संविधानसभाबाट नेपाल दोस्रो कम्युनिष्ट प्रधानमन्त्री भए ।

३ – झलनाथ खनाल

तेस्रो दलको नेतृत्वमा बनेको माधव नेपाल नेतृत्वको सरकार ढलेपछि पुन ः एमालेकै नेतृत्वमा सरकार गठन भयो । एमाओवादीको समर्थनमा झलनाथ खनाल प्रधानमन्त्री भएका थिए २०६७ मा । एमाअ‍ोवादीभित्र विवाद कायमै रहदा प्रचण्डले एकतर्फी निर्णय गरेर खनाललाई प्रधानमन्त्री बनाउन सहयोग गरेका थिए । पहिलो पार्टीको समर्थनमा तेस्रो पार्टीले सरकारको नेतृत्व गर्ने मौका पायो । तर, पार्टीभित्रैबाट असहयोग भएपछि खनालले २०६८ भदौमा राजीनामा गरेका थिए । उनी संविधानसभाबाट चयन हुने तेस्रो कम्युनिष्ट प्रधानमन्त्री भए ।

४ – बाबुराम भट्टराई

तेस्रो दल नेता खनाल नेतृत्वको सरकारको ठाँउमा पहिलो दलको नेतृत्वमा नयाँ सरकार गठन भयो । तराई–मधेशका दलहरुसँगको सहकार्यमा एकीकृत माओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराई प्रधानमन्त्री भए, यहाँ दोस्रो दल काग्रेस र तेस्रो दल एमाले विपक्षीमा बसे । पार्टीभित्रकै वैद्य समूहको असहयोग र संविधानसभा विघटनपछि उनी स्वत कामचलाउ प्रधानमन्त्री भए । उनले अर्को चुनावको घोषणा गरे तर चुनाव हुन सकेन । चुनावी सरकार गठन भएपछि उनले १८ महिनामा बालुवाटार छाडे । संविधानसभाबाट प्रधानमन्त्री बन्ने भट्टराई चौथो कम्युनिष्ट प्रधानमन्त्री भए ।

५–केपी शर्मा ओली


तेस्रो ठूलो दल एकीकृत माअ‍ोवादी र चौथो ठुलो दलको सहयोगमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा चयन भएपछि उनी संविधानसभाबाट प्रधानमन्त्री बन्ने पाँचौ कम्युनिष्ट प्रधानमन्त्री बनेका छन् । काग्रेस सभापति सुशील कोइरालालाई हराएर ओली प्रधानमन्त्री बनेका हुन् ।

ओलीले रेकर्ड तोडे

विगत आठ बर्षमा दोस्रो पार्टीको नेता प्रधानमन्त्री भएर एमाले अध्यक्ष केपी ओलीले रेकर्ड तोडेका छन् । माले अध्यक्ष केपी ओली बहुमतिय सरकारको नेतृत्व लिन सफल भएपनि भने विगत आठ बर्ष यताको रेकर्ड तोडेका हुन् ।

२०६२–०६३ को आन्दोलन यता बनेका सरकार यात पहिलो पार्टीको नेतृत्वमा गठन भएका थिए यात तेस्रो पार्टीको नेतृत्वमा । अहिले एमालेकै नेतृत्वमा सरकार बन्यो भने २०६३ यता दोस्रो पार्टीको नेतृत्वमा बन्ने पहिलो सरकार भएको छ ।

यस अघि २०६२–०६३ को आन्दोलन सफल भएपछि पुनस्र्थापित प्रतिनीधिसभामा ठुलो दलको हैसियतमा तत्कालीन काग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार गठन भएको थियो ।
२०६४ चैत्रमा भएको संविधानसभाको चुनावमा एकीकृत माअ‍ोवादी पहिलो दल बन्यो । एकीकृत माओवादीले एमाले र मधेशवादी दलहरुलाई समेटेर प्रचण्डको नेतृत्वमा सरकार गठन गरेको थियो ।

प्रचण्डले नौ महिनामै राजीनामा गरेपछि दोस्रो दल काग्रेससहितका साना दलको समर्थनमा तेस्रो दलका एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री भए । तेस्रो दलको नेतृत्वमा बनेको माधव नेपाल नेतृत्वको सरकार ढलेपछि पुन ः एमालेकै नेतृत्वमा सरकार गठन भएको थियो । एमाओवादीको समर्थनमा झलनाथ खनाल प्रधानमन्त्री भएका थिए २०६७ मा ।

तेस्रो दल नेता खनाल नेतृत्वको सरकारको ठाँउमा पहिलो दलको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो । तराई–मधेशका दलहरुसँगको सहकार्यमा एकीकृत माओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएका थिए । दोस्रो दल काग्रेस र तेस्रो दल एमाले विपक्षीमा बसेका थिए । बाबुराम भट्टराई नेतृत्वको सरकारपछि तत्कालीन प्रधानन्यायशीस खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन भयो । २०६९ मा बनेको सरकारले २०७० मंसिरमा दोस्रो संविधानसभाको चुनाव गरेपछि २६ माघमा विदा भएको थियो ।

दोस्रो संविधानसभामा काग्रेस सवैभन्दा ठुलो दल, एमाले दोस्रो र एकीकृत माओवादी तेस्रो दल बनेका थिए । दोस्रो ठुलो दल एमालेको समर्थनमा काग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री बनेका हुन् ।
(साभार राताेपाटी डटकम)


,

0 comments

Write Down Your Responses