Powered by Blogger.
प्रचण्डको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन

काठमाडौं, २८ असाेज । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको संयन्त्रमा सरकारलाई समर्थन गर्ने नौ दलको उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भएको छ ।

सिंहदरवारमा बसेको सरकारलाई समर्थन गर्ने दलहरुको बैठकले संयन्त्र गठनको निर्णय गरेको हो । राजनीतिक संयन्त्रमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली स्थायी आमन्त्रित सदस्यका रुपमा रहनेछन् भने एमालेबाट पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपालसँगै उपाध्यक्ष विद्या भण्डारी छन् ।
अन्य सदस्यलाई सरकरलाई समर्थन गर्ने तीन सिट भएकासम्म दललाई राखिएको छ । जसमा राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, राप्रपा, माले, नेमकिपा, राष्ट्रिय जनमोर्चा र नेकपा संयुक्त छन् ।
राप्रपामा अध्यक्षको विवाद कायम रहेकाले संसदीय दलको नेताले समितिमा प्रतिनिधित्व गर्नेछन् । सरकारलाई समर्थन गर्ने साना दलहरुलाई भने आमन्त्रित सदस्यका रुपमा बोलाउन सकिने माले महासचिव सीपी मैनालीले जानकारी दिए ।

वार्ताको पहल गर्न आग्रह

बैठकले आन्दोलनरत पक्षहरुसँग वार्ता प्रक्रिया अघि बढाउन सरकारलाई सुझाव दिएको छ । साथै कांग्रेस सहितको वार्ता समिति बनाउन आग्रह गरेको माले महासचिव मैनालीले बताए ।

सत्तारुढ दलको बैठकले सीमा नामाको अवरोध हटाउन आन्दोलनरत पक्षलाई आग्रह गरेको छ ।

साथै आपूर्ति व्यवस्था सहज बनाउनेबारे छलफल भएको छ । बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सरकारले गरेको कूटनीतिक पहलबारे जानकारी गराएका छन् ।

सत्तारुढ दलहरुको बैठकले आपूर्ति व्यवस्था सहज बनाउन भारतसँग कूटनीतिक पहल तिब्र पार्न सरकारलाई आग्रह गरेको छ भने सरोकारबालासँग छलफल गर्ने निर्णय गरेको छ ।


, ,

0 comments

Write Down Your Responses