टेलिकमले ल्यायो रिचार्ज गर्ने नयाँ तरिका
काठमाडौं, १ कातिक । नेपाल टेलिकमले कार्तिक १ गतेदेखि अर्थात् आजदेखि इन्टरेक्टिभ भ्वाइस रेस्पोन्स ( IVR) १४१२ मार्फत् सीअारबीटी र सीएस सिस्टमबाट कम्पनीका कम्पनीका विभिन्न सेवाहरुको महसुल भुक्तानी तथा रिचार्ज गर्न सकिने नयाँ व्यवस्था गरेको छ।
जसअनुसार अाइभीअार १४१२ मार्फत् तेस्रो पक्ष रिचार्ज सेवा कम्पनीको कम्पनीको एनटी रिचार्ज कार्डमार्फत विभन्न सेवाहरु उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
यस योजना अन्तर्गत पीएसटीएन महशुल भुक्तानी, एडिएसएल रिचार्ज, जीएसएम पोस्टपेड महशुल भुक्तानी, जीएसएम प्रिपेड महशुल भुक्तानी, सिडीएमए प्रिपेड टपअप, सिडिएमए पोष्टपेड महशुल भुक्तानी र वाइम्याक्स रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
नमस्ते रिचार्ज कार्ड प्रयोग गरी १४१३ मार्फत् पीएसटीएल सेवाको बिल भुक्तानी, जीएसएम पोष्टपेड सेवाको रिचार्ज तथा बिल भुक्तानी र एडीएसएल सेवाको महशुल भुक्तानी गर्ने सेवा पनि यथावत रहेको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
0 comments
Write Down Your Responses