Powered by Blogger.
एमाओवादीले छान्यो मन्त्री, गृहमा शक्ति बस्नेत

काठमाडौं, १ कातिक । एकीकृत नेकपा माओवादीले केपी ओली सरकारमा जाने सात मन्त्रीको नाम टुङ्गो लगाएको छ ।

केपी ओली सरकारको गृह मन्त्रालय शक्ति बस्नेतले सम्हाल्ने भएका छन् । सशस्त्र जनयुद्धमा पश्चिम कमाण्ड सम्हालेका बस्नेत जाजरकोट १ बाट निर्वाचित भएका थिए ।
सरकारमा एमाओवादीको नेतृत्व भने टोपबहादुर रायमाझीले गर्नेछन् । उनी उपप्रधान एवं उर्जामन्त्री हुनेछन् । सुरुमा कृष्णबहादुर महराले सरकारको नेतृत्व गर्ने निर्णय भएपनि उल्टाएर रायमाझीलाई अघि सारिएको हो ।
उमेश यादव सिचाइँ मन्त्री बन्ने भएका छन् । उनी सप्तरी ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । गत माघमा संविधानसभाभित्र भएको तोडफोडमा अग्रपत्तिमा रहेपछि सांसद यादव चर्चा र विवादमा आएका थिए ।
एमाओवादीबाट गिरिराजमणि पोखरेल शिक्षा, रेखा शर्मा सामान्य प्रशासन, अग्नि सापकोटा वन मन्त्री बन्ने भएका छन् । पोखरेल प्रमुख सचेतक र शर्मा सचेतक थिए ।
बाईसीएल अध्यक्ष एवं सांसद गणेशमान पुन आपूर्ति मन्त्री बन्ने भएका छन् । पुन पहिलो पटक मन्त्री बन्न लागेका हुन् । एमाओवादीबाट यसअघि हरिबोल गजुरेल कृषिमन्त्री भइसकेका छन् ।


,

0 comments

Write Down Your Responses