रेबिज सप्ताह जारी
सिन्धुली, १५ असोज । जिल्ला पशु सेवा कार्यालय सिन्धुलीले विश्व रेविज दिवसको अवसरमा रेविज सप्ताह को आयोजना गरेको छ । “एकजुट होऔ रेविज अन्त्य गरौ” भन्ने मुल नाराको साथ आयोजित सप्ताह असोज १२ देखी १८ गते सम्म सञ्चालन हुने जनाइएको छ ।
जिल्ला पशु सेवा कार्यालय सिन्धुलीका पशु विकास अधिकृत डा.कल्याण कुमार श्रेष्ठका अनुसार सप्ताहको चौथो दिन एकसयँ भन्दा बढी कुकुरलाई रेविज खोप लगाइ सकिएको छ ।
सप्ताहको अवसरमा आफ्ना घर पालुवा कुकुरहरुलाई कार्यालयमा ल्याई निशुल्क खोप लगाउ समेत जिल्ला पशु सेवा कार्यालय सिन्धुलीले सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।
0 comments
Write Down Your Responses