कार्यक्रम बन्द गर्न सबललाई युवा संघको आग्रह
सिन्धुली, १५ असोज । युवा संघ नेपाल सिन्धुलीले सबल परीयोजना सिन्धुली कार्यालयलाई बिहिबार पत्र बुझाउँदै आफ्ना कार्यक्रमहरु बन्द गर्न आग्रह गरेको छ ।
परीयोजना सञ्चालन गर्न स्थानीय साझेदार संस्था छनौट देखीनै विवादित बन्दै आएको र साझेदार संस्था छनौटको प्रक्रिया त्रुटिपूर्ण भएका कारण युवा संघ सिन्धुलीले परीयोजनालाई आफ्ना कार्यक्रम अगाडि नबढाउन आग्रह गरेको छ । युवा संघ सिन्धुलीले सवल परीयोजनालाई बुझाएको पत्रमा भनिएको छ, “समस्याको समाधानको लागी पहल नै नगरी ताला खोल्ने जुन हर्कत गरीयो यस प्रति घोर आपत्ति प्रकट गर्दछौं ।” मङलबार युवा संघ सिन्धुलीले सबल परीयोजनाको जिल्ला कार्यालय र जिविसमा तालाबन्दी गरिदिएको थियो । लगत्तै प्रहरीले ताला खोलेको थियो ।
उस्ले परीयोजनालाई जिल्लामा द्धन्द्ध सिर्जना हुने गरी कार्यक्रमहरु सञ्चालन नगर्न आग्रह गरेको छ । उता परीयोजनाले भने सवैपक्षसँगको छलफलमा समस्या समाधान गरी सकिएका कारण कार्यक्रम अगाडि बढाएको बताएको छ ।
त्यस्तै युवा संघ नेपाल सिन्धुलीले बिहिबार नै एक प्रेश विज्ञप्ती जारी गरी सिन्धुलीमा हिन्दी च्यानल बन्द गर्न केवल सञ्चालकहरुलाई आग्रह गरेको छ । विहिबार बाटै सिन्धुलीमा सम्पूर्ण हिन्दी च्यानलहरु बन्द समेत भएको छ ।
0 comments
Write Down Your Responses