Powered by Blogger.
भट्टराईले नयाँ पार्टी बनाउने योजना खुलासा गरे

दाङ, १९ असाेज । पार्टी त्यागेर देश दौडाहामा निस्केका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ पार्टी बनाउने आफ्नो योजना रहेको खुलासा गरेका छन् । विभिन्न पार्टीमा छरिएर रहेका र कुनै पार्टीमा नलागेका स्वतन्त्र ब्यक्तिहरुलाई संगठित गरेर नयाँ शक्तिका रुपमा पार्टी बनाउने उनले बताए । त्यसका लागि आफु तयारीमा लागेको उनले बताए ।

दाङको लमहीमा रिपोटर्स क्लब नेपाल दाङले आयोजना गरेको साक्षात्कारमा डा. भट्टराईले नयाँ शक्तिको स्वरुप राजनैतिक शक्ति हुने बताए । ‘संविधान सभावाट संविधान वनाउने र एउटा राजनैतिक परिवर्तनको प्रकृया पुरा गर्ने हाम्रो अभियान पुरा भएको छ, एक यूग समापन भएको छ’ उनले भने, ‘अव हामी आर्थिक विकास र सम्वृद्धि हुँदै सम्मुन्नत नयाँ नेपाल निर्माण गर्ने नयाँ यूगमा प्रवेश गर्दैछौं ।’

म जसरी पनि कैलाली पुग्छु

उनले आफूलाई कैलाली जानबाट कसैले रोक्न नसक्ने कैलालीका थारु समुदायलाई आफू भेट्न जाने बताए । ‘म स्वतन्त्र नागरिक हुँ मलाई किन प्रतिवन्ध लगाइयो ?’ उनले भने ‘म जसरी भएपनि कैलाली पुग्छु सुरक्षा व्यवस्था गर्नु राज्यको दायित्व हो ।’ भट्टराई बुधबार कैलाली जाने कार्यक्रम छ ।

सुरक्षा दिन नसक्ने भन्दै कैलाली जिल्ला प्रशासनले उहाँको कार्यक्रम स्थगन गर्न आग्रह गरेको थियो । भट्टराई बुधबार कैलाली जाने कार्यक्रम छ ।

थारुहरुले गरेको आन्दोलन जायज रहेको भट्टराईले बताए । ‘थारुहरुले आन्दोलन गरेका छन् त्यसलाई जायज मान्छु, संविधान संसोधन गरेर माग पुरा गर्नुपर्छ’ उनले भने, ‘‘ढुंगामा लेखिएको अक्षर त होईन संविधान, संसोधन गरेर जनताको माग पुरा गर्नुपर्छ ।’

पहिचानको पाँच आधार र सामाथ्र्यको चार आधार सवैले स्वीकार गरेकाले हिजोको प्रतिबद्धता अनुसार अगाडि बढे समस्याको हल हुने बताए ।

भट्टराईले भारतले गरेको नाका वन्दी र आफ्नो पार्टी परित्यागको कुनै साईनो नरहेको दावी गरे । ‘भारतले नाका वन्दी ग¥यो भन्ने कुरा छ त्यो अन्त्यन्त दुःखद छ, गलत छ, अन्र्तराष्ट्रिय पारवहन सम्वन्धि सन्धीको घोर उल्लंघन छ’उनले भने, ‘नेपाल प्रति चाँही थिचो मिचो छ अन्त्य गरौं भन्ने मान्छेलाई आशंका गर्नु पटकै मनासीव छैन् ।’


,

0 comments

Write Down Your Responses