Powered by Blogger.
राइस कुकरमा पकाउन सकिन्छ यी परिकार

नाम यसको राइस कुकर अर्थात् भात पकाउने भाँडो हो । तर यसको काम नामजस्तो मात्र सिमित छैन । अर्थात् यो भाँडोमा भात पकाउने मात्र नभै अन्य धेरै चिज पकाउन सकिन्छ । राइस कुकरमा पकाउने सकिने खानेकुराहरु यी हुन् :


राइसकुकर चिकेन :

तपाइँ राइस कुकरमा कुखुराको मासु पकाउन सक्नुहुन्छ । यसका लागि आवश्यक सामाग्रीहरुमा : कुखुराको खुट्टा वा छाला नकाढेको र भुँडी फ्यालेको पूरै कुखुरा ,पाँच दाना प्याजलाई लामो साइजमा काट्ने, सानो टुक्रा पारेको केही अदुवा, मसला, नुन तथा तेल । कुखुराको सिँगै मासुलाई यी अदुवा तथा मसलामा मोल्ने र केहीबेर फ्रिजमा राख्ने । त्यसपछि कुखुराको मासुमा तेल लगाउने । कुखुराको भुँडी भित्र पहिले काटेको प्याजका टुक्रा मध्ये आधा कोचिदिने र बाँकी टुक्रा राइसकुकुरको पिँधमा राख्ने ।

त्यसपछि कुखुराको मासु सिँगै राखिदिने र राइस कुकरको बिर्को लगाएर विजुलीमा लगाइदिने । झण्डै २० मिनेटमा कुखुराको मासु पाकिसक्छ । त्यसपछि स्विच अफ गर्ने र पाँच मिनेटपछि मात्र राइस कुकरको बिर्को खोल्ने । कुखुराको छाला फ्याँक्ने । त्यसपछि त्यो सिँगै कुखुराको मासुलाई टुक्रा टुक्रा बनाउने र मज्जाले खाने ।

ब्रेकफास्ट फुड :

तपाइँले आफ्नो बिहानको खाजा तयार गर्दा राइस कुकरको प्रयोग कमै गर्नुहुन्छ होला । तर तपाइँले खाने ब्रेकफास्टमध्ये धेरै खानेकुराहरु राइस कुकरमै पकाउन सक्नुहुन्छ । अण्डा ब्वाइल गर्न, गेडागुडी उसिन्ने लगायतका लागि राइस कुकर प्रयोग गर्न सक्नुहुन्छ ।

सागपात उसिन्ने :

तपाइँले राइस कुकरमा भात पकाउँदा पकाउँदै सँगै तरकारी तथा मासु पकाउन सक्नुहुन्छ । राइस कुकरको मम पकाउने जस्तो ट्रे अर्थात् स्टिमिंग ट्रे मा विभिन्न खाले सागपात, तरकारी तथा मासु समेत पकाउन अर्थात् उसिन्न सकिन्छ । यसरी राइस कुकरको स्टिमिंग ट्रे मा तरकारी पकाउँदा कुरिलो ७ मिनेटमा, ब्रोकाउली ५ मिनेटमा, बन्दा १५ मिनेटमा, काउली १५ मिनेटमा, मकै १५ मिनेटमा, सिमी १५ मिनेटमा पाकिसक्छ ।
त्यस्तै माछा १५ मिनेटमा, चिकेन २० मिनेटमा तथा सुँगरको मासु २० मिनेटमा पाक्दछ ।


0 comments

Write Down Your Responses