सिन्धुलीमा पहिलो पटक एपेन्डीक्सको अप्रेशन
विरामीकाे अप्रेशन गर्दै डा.अभिजीत मिश्र र डा.सुधांशु झा |
सिन्धुली, ९ मंसीर । भारतको नाकाबन्दी र तराई बन्दका कारण देशभरिको स्वास्थ्य क्षेत्र अस्तव्यस्त बन्दै गरेको बेला सिन्धुलीमाढीको मोर्डन एपोलो अस्पताले भने जिल्ला भित्रै पहिलो पटक एपेन्डीक्सको अप्रेशन सेवा प्रदान गरेको छ । मोर्डन एपोलो अस्पतालमा सोमबार कमलामाई नगरपालिका–४ की १२ वर्षिय बालीका प्रिती बम्जनको एपेन्डीक्सको अप्रेशन गरीएको हो ।
उनको अप्रेशन मोर्डन एपोलो अस्पतालका सिनियर मेडिकल अफिसर अभितिज मिश्र र डा.सुधाशु झाले गरेका हुन । यो सेवा जिल्लाकै पहिलो हो । यस भन्दा अगाडि विरामीहरुले जिल्ला भित्र यो सेवा पाएका थिएनन् । मंहगो खर्च गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो ।
भारतको नाकाबन्दी र लगातारको तराई बन्दका कारण समस्या झेलीरहेको प्रिति बम्जनको परीवार जिल्लामै एपेन्डीक्सको अप्रेशन सहितको उपचार सेवा पाएर खुसी भएको छ ।
बम्जनकी हजुरआमा उर्मिला बम्जनले भनिन, ‘ बल्ल बल्ल उपचारका लागी धुलिखेल सम्म पुरयाइयो, त्यहाँ औषधी दिएर पठाइदिए, फेरी घरमा आएपछि अवस्था उस्तै भयो ।’ उनले भनिन, ‘धुलिखेल पुरयाउँदा ३० हजार भन्दा बढी खर्च भयो फेरी बाहिर उपचारमा लान सक्ने अवस्था छैन, त्यसैले यहिको अस्पतालमा ल्याएको ।’ खुसी हुँदै आफ्नो नातीनीको ज्यान बचाई दिने अस्पताल र डाक्टरलाई धन्यवाद समेत दिइन ।
तत्काल अप्रेशन गर्नुपर्ने अवस्थामा अस्पताल पुरयाइएकी बम्जनलाई अस्पतालले जिल्ला बाहिर पुगेर औषधीको व्यवस्थापन गरेर बचाएको हो । डा.अभिजित मिश्रले भने, ‘विरामी तत्काल अप्रेशन गर्नुपर्ने अवस्था थियो तर औषधी थिएन, बर्दिबासबाट औषधी ल्याएर अप्रेशन गर्नुपरयो ।’
अप्रेशन पछि प्रीतीका बम्जन र साथमा डा.अभिजीत र प्रीतीकाकी हजुरअामा । |
सिन्धुली अस्पतालमा पनि एपेन्डीक्सको अप्रेशन सेवा सुरु गर्ने भनिएपनि अहिले सम्म विरामीको अप्रेशन हुन सकेको छैन । अहिले सम्म एपेन्डीक्सको विरामी नआएको र आएको अवस्थामा आवश्यक सामाग्रीहरुको व्यवस्था गरेर अप्रेशन सेवा प्रदान गरिने अस्पतालका प्रमुख डा.फडिन्द्र प्रसाद बरालले बताए ।
संविधानमा असन्तुष्टी व्यक्त गर्दै आन्दोलनमा लागेका मधेशवादी दलहरुको लगातारको तराई बन्द र त्यसलाई साथ दिर्दै भारतले गरेको नाकाबन्दीले दैनीक जीवनयापनमै समस्या भोगिरहेका सिन्धुलीबासीहरुलाई जिल्ला बाहिर उपचारमा जान निक्कै समस्या परिरहेको अवस्थामा मोर्डन एपोलोले प्रदान गरेको अप्रेशन सेवा सकारात्मक छ ।
सम्बन्धीत सरोकारवाला निकायहरुले जिल्लाको स्वास्थ्य क्षेत्रलाई अझ विकास र व्यवस्थीत गर्दै सिन्धुलीबासीहरुले हैरानी व्यहोर्नु पर्ने र बेलैमा उपचार नपाएर ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्न लाग्नु पर्ने आवश्यक्ता देखिन्छ ।
0 comments
Write Down Your Responses